दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीमा जंगली हात्तिको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का ६५ वर्षिय नारायण प्रमाणि राजधोबको रहेका छन् ।
घटनास्थलमा हात्तिको पाइलाको निशानका साथै प्रमाणीको शरीरको विभिन्न भागमा हात्तिले सुड तथा पाइलाले थिचेको चोट पटक र निल डाम देखिएको प्रहरीको भनाई छ ।
शुक्रबार बिहान आफ्नै खेतमा मृत अवस्थामा फेला परेका प्रमाणीको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्याइएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यसअघि गत मंसिर २७ गते पनि सप्तरीको सुरुङा नगरपालिका ३ का ७० वर्षिय सीताराम साहको हात्तिको आक्रमणबाट ज्यान गएको थियो ।
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जंगली हात्तिको आक्रमणबाट निरन्तर जनधनको क्षति भइरहदा पनि स्थानिय प्रशासन र आरक्ष प्रशासनले नियन्त्रणको ठोस उपाय नचालेको भन्दै स्थानिय आक्रोसित भएका छन् ।
हात्तिको आक्रमणबाट एकको मृत्यु
सारांश
- मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का ६५ वर्षिय नारायण प्रमाणि राजधोबको रहेका छन् ।
- घटनास्थलमा हात्तिको पाइलाको निशानका साथै प्रमाणीको शरीरको विभिन्न भागमा हात्तिले सुड तथा पाइलाले थिचेको चोट पटक र निल डाम देखिएको प्रहरीको भनाई छ ।
- शुक्रबार बिहान आफ्नै खेतमा मृत अवस्थामा फेला परेका प्रमाणीको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्याइएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया