दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
बालविकासका शिक्षक, शिक्षिका तथा कर्मचारीहरु पुनः आन्दोलित भएका छन् ।
सरकारले पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
न्यूनत्तम तलब सेवा सुविधा तथा जायज माग अविलम्ब सम्बोधन गर्न भन्दै सोमबार राजविराजमा उनीहरुले प्रदर्शन समेत गरेका छन् । प्रदर्शन पश्चात् नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आफूहरुको जायज माग अविलम्ब सम्बोधन गराउन पहलका लागि माग गरेका छन् ।
बालविकासका शिक्षक, शिक्षिका र विद्यालयका कर्मचारीहरु लामो समयदेखी न्यून पारिश्रमिकमा काम गर्नु पर्दा जिवन कष्ठर भएको तथा आफूहरुको समस्याप्रति तीन वटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सडकमा उत्रनु परेको उनीहरुले बताएका छन् ।
सरकारले आउँदो आर्थिक वर्षदेखी बालविकासमा कार्यरत शिक्षक, शिक्षिका तथा विद्यालय कर्मचारीको पारिश्रमिकप्रति महिना १५ हजार हुने उल्लेख छ । जसअनुसार संघीय सरकारबाट ८ हजार र स्थानिय सरकारबाट ७ हजार रकम उपलब्ध गराउने व्यवस्था भएको बालविकास शिक्षक हकहित संरक्षण समितिका अध्यक्ष सुनिता यादवको भनाई छ ।
तर, सरकारले तोकेको तलबको ८ हजार रकम मात्र उपलब्ध हुने विषयमा उनीहरुको गम्भिर आपत्ति रहेकोले छआफूहरुको जायज माँग अविलम्ब पूरा गर्न सरकारसँग सँग माग गरे ।
आफूहरुको माँग अविलम्ब सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी पनि दिएका छन् ।
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
सारांश
- सरकारले पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
- न्यूनत्तम तलब सेवा सुविधा तथा जायज माग अविलम्ब सम्बोधन गर्न भन्दै सोमबार राजविराजमा उनीहरुले प्रदर्शन समेत गरेका छन् ।
- प्रदर्शन पश्चात् नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आफूहरुको जायज माग अविलम्ब सम्बोधन गराउन पहलका लागि माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया