दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
सप्तरीको तिरहुत गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले आफैले बोलाएकी पत्रकार सम्मेलनमा अनुपस्थित भएकी छिन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आइतबार पत्रकार सम्मेलनका लागि बिहान १०ः३० बजेको समय मिलाइएको थियो । तर, उनी ११ः३० बजेसम्म पनि आइपुगिनन् । उनको प्रतिनिधी बनेर सोही गाउँपालिकाका इन्जिनियर खुर्सेद इक्राम र सवइन्जिनियर चन्दन यादव आएका थिए ।
अधिकृत नआउने खबर इन्जिनियर इक्रामले दिए । उनले फोन गरेर अधिकृतसँग कुराकानी गर्दै आफू पत्रकार सम्मेलनमा नआउने जनाएपछि उपस्थित पत्रकारहरु रुष्ट हुँदै फर्किएका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले यसरी पत्रकार सम्मेलनका लागि एक दिन अगावै समय मिलाइपनि आयोजकका तर्फबाट सम्बन्धित व्यक्ति नआउनु हास्यास्पद रहेको बताएका छन् । उनले भने, “प्रमुख प्रशासकीय अधिकृत भनेको एउटा पालिकाको प्रमुख व्यक्ति हो, उनीबाटै समयको ख्याल नहुनु अत्यन्त दुःखदायी हो ।”
यसअघि शुक्रबार सो गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेरले प्रमुख प्रशासकीय अधिकृतकै कारण गाउँपालिकाको झण्डै पाँच करोड रकम फ्रिज भएको भन्दै पत्रकारलाई जानकारी दिएका थिए । सोही विषय बारे अधिकृत साहले आइतबारका लागि पत्रकार सम्मेलनको समय मिलाएकी थिइन् ।
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आइतबार पत्रकार सम्मेलनका लागि बिहान १०ः३० बजेको समय मिलाइएको थियो ।
- तर, उनी ११ः३० बजेसम्म पनि आइपुगिनन् ।
- उनको प्रतिनिधी बनेर सोही गाउँपालिकाका इन्जिनियर खुर्सेद इक्राम र सवइन्जिनियर चन्दन यादव आएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया