राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण

राजविराज राजविराज
|
मंगलबार, श्रावण १२, २०७८
|
|
३५ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण

सारांश

  •     लामो समयदेखी विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेको बेला प्राधिकरणले राजविराज नगरपालिकको जरिवाना बाहेक १६ लाख रुँपैया बाँकी रहेको भन्दै विद्युत सप्लाई काटेको हो ।
  •       पटक पटक ताकेता र पत्राचार गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको बितरण केन्द्र राजविराजका प्रमुख आमोद प्रसाद यादवले जानकारी दिएका छन् ।
  •       “वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
    नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको विद्युत सप्लाई काटेको छ । 
    लामो समयदेखी विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेको बेला प्राधिकरणले राजविराज नगरपालिकको जरिवाना बाहेक १६ लाख रुँपैया बाँकी रहेको भन्दै विद्युत सप्लाई काटेको हो । 
    पटक पटक ताकेता र पत्राचार गर्दा पनि वेवास्ता गरेकाले नगरपालिका कार्यालयको बिद्युत आपूर्ती बन्द गरिएको बितरण केन्द्र राजविराजका प्रमुख आमोद प्रसाद यादवले जानकारी दिएका छन् । 
    “वक्यौता महसुल नबुझाएसम्म लाइन जोडिदैन् ।” उनले भने, “दुई दिनअघि पनि वक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्ता गर्‍यो ।” 
    यता राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा बिद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल वापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासी लाइन काटिनु उचित नभएको बताए । 
    “प्राधिकरणले विद्युत उपभोग गरेवापत शुल्क लिए हामी पनि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा लिन बाध्य हुनेछौं” उनले भने “नगरपालिका स्थापना भएदेखी नै विद्युत महसुल नबुझाएको आफूलाई जानकारी प्राप्त भएको र यसको समाधानका लागि नगर प्रमुख सँग छलफल गरि आवश्यक निर्णय लिने छौं ।” 
    लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट संचालन हुने सबै सेवा ठप्प भएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मोटरबाट करेन्ट लागेर बालकको मृत्यु
मोटरबाट करेन्ट लागेर बालकको मृत्यु