शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण

राजविराज राजविराज
|
शनिबार, भाद्र १२, २०७८
|
|
३९ पटक हेरिएको
Shares
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण

सारांश

  •     संस्थाले मरिककै घरमा पुगेर एक कार्यक्रमको आयोजना गरि कक्षा ९ देखी दश जोड दुई सम्मको पढाईको सम्पूर्ण खर्च व्यहोर्ने उद्घोष गरेको छ ।
  • कार्यक्रमकी अध्यक्ष तथा सस्थाका उपाध्यक्ष समेत रहेकी लक्ष्मी चौधरीले मरिकलाई तीन दर्जन कपी, तीन दर्जन डटपेन, एक जोड चप्पल तथा स्कुल पोषाक सर्टपेन्ट दुई÷दुई जोड प्रदान गरिन् ।
  •       सोही कार्यक्रममा संस्थाका सल्लाहकार डा.

    राजविराज÷डोम समुदायका एक बालकलाई राजविराजस्थित सामाजिक कार्यमा काम गर्ने एक संस्थाले अभिभावकत्व ग्रहण गरेको छ । 
    शिव केयर नेपाल नामक संस्थाले शनिबार एक कार्यक्रमबीच राजविराज ६ का १४ वर्षिय प्रकाश मरिकको अभिभावकत्व ग्रहण गरेको हो । 
    पारिवारिक अवस्था अत्यन्त कमजोर, घर जग्गा समेत नरहेको र उनका बुबा पूर्ण अपाङ रहेको प्रकाश राजविराजस्थित केअ माविमा कक्षा ९ मा अध्ययनरत छन् । उनी सो कक्षाका प्रथम विद्यार्थी समेत हुन् । 
    संस्थाले मरिककै घरमा पुगेर एक कार्यक्रमको आयोजना गरि कक्षा ९ देखी दश जोड दुई सम्मको पढाईको सम्पूर्ण खर्च व्यहोर्ने उद्घोष गरेको छ । कार्यक्रमकी अध्यक्ष तथा सस्थाका उपाध्यक्ष समेत रहेकी लक्ष्मी चौधरीले मरिकलाई तीन दर्जन कपी, तीन दर्जन डटपेन, एक जोड चप्पल तथा स्कुल पोषाक सर्टपेन्ट दुई÷दुई जोड प्रदान गरिन् । 
    सोही कार्यक्रममा संस्थाका सल्लाहकार डा. शिव शंकर यादवले मरिकको पढाईका लागि डे«स, कपी, कलम, ट्युसन फि र स्कुल फि समेत संस्थाले नै व्यहोर्ने जानकारी दिएका छन् । 
    सोही कार्यक्रममा संस्थाका अर्का सल्लाहकार तथा कार्यक्रमका विशिष्ट अतिथी सूर्यनाथ यादव, सचिव रमानन्द यादव, सहसचिव कल्पना देव लगायतका संस्थाका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह