राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, भाद्र २९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न

सारांश

  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा हाजरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, कबिता लेखन प्रतियोगिताको आयोजना गरिएको लैङगिक केन्द्रित परियोजना संयोजक संतोष कुमार यादवले जानकारी दिए ।
  •       उक्त प्रतियोगिता जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको हो ।
  • आयोजित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना पुरस्कार प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
    राष्ट्रिय बालदिवस २०७८ को अवसरमा मंगलबार सप्तरीको तिनवटा गाउँपालिकामा बिभिन्न प्रतियोगिताको आयोजना गरि मनाइएको छ । 
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा आयोजित कार्यक्रममा हाजरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, कबिता लेखन प्रतियोगिताको आयोजना गरिएको लैङगिक केन्द्रित परियोजना संयोजक संतोष कुमार यादवले जानकारी दिए । 
    उक्त प्रतियोगिता जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, बिष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको हो । आयोजित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना पुरस्कार प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
    कार्यक्रममा डटपेन, कापी र खेलकुद सामग्री सहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगिता बिभिन्न बालक्लबको आयोजनामा सम्पन्न भएको थियो । 
    यसैगरि राष्ट्रिय बालदिवसकै अवसरमा जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुरमा मंगलबार एक कार्यक्रम सम्पन्न भएको छ । 
    सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले सप्तरीको खडक नगरपालिका वडा नंं ७ स्थित जनता आधारभुत बिद्यालय कल्याणपुरमा आयोजना गरेको कार्यक्रममा कुर्सी खेल तथा भाडो फोटा खेल सम्पन्न भएको सबलन नेपालका अशोक साहले जानकारी दिए ।
    कार्यक्रममा बिभिन्न बिद्यालयका सहभागि छात्र÷छात्राहरुले नियमको पालना गर्दै उक्त कार्यक्रममा सहभागि भएका थिए  ।
    खडक नगरपालिकाका उपप्रमुख यशमीन सुलतानको प्रमुख अतिथि भएको कार्यक्रममा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना भएकाहरुलाई पुरस्कार बितरण गरिएको थियो । 
    शिक्षा शाखाका बीरेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा बिशिष्ट अतिथि सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, बालबालिका शाखा अनिता साह, अतिथि सबल नेपालका फिल्ड अधिकृत (शिक्षा) निरबहादुर आले, एसएनभीका कार्यक्रम संयोजक परमेश्वर झा, कृष्णा जिसी र खडक नगरपालिका वडा नं. ७ का अध्यक्ष राकेश कुमार साह लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
निःशुल्क विरुवा बाँड्दै वन कार्यालय
निःशुल्क विरुवा बाँड्दै वन कार्यालय
भारतसँग जोडिएका सीमा नाका बन्द ! 
भारतसँग जोडिएका सीमा नाका बन्द ! 
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ