दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज नगरपालिका प्रदेश सरकारको ग्रिन र क्लिन सिटीको योजनामा परेको जानकारी दिएका छन् ।
सप्तरी उद्योग बाणिजय संघद्वारा राजविराजमा नवनिर्मित छिन्नमस्ता सभाहलको उद्घाटन गर्दै मन्त्री साहले सो जानकारी दिँदै उक्त योजना १५ दिन भित्रै कार्यान्वयनमा आउने बताए ।
उक्त योजनाका लागि राजविराज नगरपालिकालाई प्रदेश सरकारले १० करोड रकम दिने जानकारी दिदै मन्त्री साहले प्रदेश सरकारले ग्रिन र क्लिन सिटीको योजना बिरगंज र जनकपुरका लागि ल्याएकोमा आफ्नो प्रयासबाट थप गरेर राजविराजलाई पनि सो योजनामा ल्याइएको खुलासा समेत गरे ।
सोही कार्यक्रममा उनले सप्तरीमा यातायात व्यवस्था कार्यालयको इकाई र कृषि विश्वविद्यालयको स्थापना हुने जानकारी दिए । मन्त्री साहले राजविराजमा यातायात व्यवस्था कार्यालयको इकाई समेत स्थापना हुन लागेको भन्दै प्रदेश सरकारको यस कार्यले जिल्लाका यातायात व्यवसायीलाई सहज हुने विश्वास व्यक्त गरे ।
आफ्नो गृहजिल्ला समेत रहेका कारण सप्तरीमा कृषि विश्व विद्यालय स्थापनाका लागि भूमि, ब्यवस्था तथा सहकारी मन्त्री रहेकै बेला पहल थालेको जानकारी दिँदै उनले अहिले उक्त विश्वविद्यालय स्थापनाको टुंगो लागेको बताए ।
कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले सबैको सहयोगमा २९ लाखको लागतमा सुविधा सम्पन्न छिन्नमस्ता सभाहल निर्माण गरिएको जानकारी दिँदै यस भवनले स्थानिय व्यापारी व्यवसायीलाई मात्र होइन जिल्लावासीलाई पनि फलदायी हुने उल्लेख गरे ।
कार्यक्रममा सभाहल निर्माणका लागि सहयोग गर्ने दुई दर्जन भन्दा बढी व्यक्तित्वलाई अध्यक्ष प्रधान र मन्त्री साहले संयुक्त रुपमा कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा अतिथिहरुलाई उपाध्यक्ष शंकर दासले स्वागत तथा नागरिक संजालका अध्यक्ष थानसिंह भन्साली, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरी भट्टराई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मनोज मुन्धडा लगायतले पनि शुभकामना दिँदै नयाँ संरचनाले जिल्लावासीलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
सारांश
- सप्तरी उद्योग बाणिजय संघद्वारा राजविराजमा नवनिर्मित छिन्नमस्ता सभाहलको उद्घाटन गर्दै मन्त्री साहले सो जानकारी दिँदै उक्त योजना १५ दिन भित्रै कार्यान्वयनमा आउने बताए ।
- उक्त योजनाका लागि राजविराज नगरपालिकालाई प्रदेश सरकारले १० करोड रकम दिने जानकारी दिदै मन्त्री साहले प्रदेश सरकारले ग्रिन र क्लिन सिटीको योजना बिरगंज र जनकपुरका लागि ल्याएकोमा आफ्नो प्रयासबाट थप गरेर राजविराजलाई पनि सो योजनामा ल्याइएको खुलासा समेत गरे ।
- सोही कार्यक्रममा उनले सप्तरीमा यातायात व्यवस्था कार्यालयको इकाई र कृषि विश्वविद्यालयको स्थापना हुने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया