दैनिक समाचारदाता
राजविराज, २० असोज ।
शारिरीक रुपमा अशक्त एक व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी अपाङ्ग भई हिडडुल गर्न नसक्ने ६८ वर्षिय बौवालाल गुरमैताको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार साँझ नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बञ्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुृरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो ।
सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
सो अवसरमा मेयर साहले गुरमैतालाई एक थान ह्वीलचेयर प्रदान गर्ने र एक साता भित्रै अपाङ्ग परिचय पत्र बनाई सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
गुरमैता जन्मजातै अपाङ्ग रहेको र सरकारी सेवा सुविधाबाट समेत बञ्चित रहदा आर्थिक समस्याले कष्टकर जिवन विताउन बाध्य छन् ।
जिल्ला प्रशासन कार्यालयले एकसाता अघि शारिरीक रुपमा अशक्त रुपनी गाउँपालिका ७४ वर्षिय मुसहरु खंग खत्वे र उनकी ७० वर्षिया पत्नी दशनी देवीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो ।
शारिरीकरुपमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी अपाङ्ग भई हिडडुल गर्न नसक्ने ६८ वर्षिय बौवालाल गुरमैताको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार साँझ नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
- नागरिकता नभएका कारण सरकारबाट पाउने सबै सुविधाबाट बञ्चित भएको जनगणनामा खटिएका सुपरिवेक्षक संदिप कर्णले जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, इलाका प्रहरी कार्यालय कंचनपुृरका प्रमुख दिनेश कुमार कार्की, हनुमाननगर कंकालीनी नगरपालिकाका प्रमुख शैलेश साह तथा संचारकर्मीको टोली उनको घर पुगेको थियो ।
- सरकारबाट पाउने सुविधाका लागी नागरिकता आवश्यक रहेको र अपांग भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेको जानकारी आएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया