राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित

राजविराज राजविराज
|
शनिबार, कार्तिक २७, २०७८
|
|
६१ पटक हेरिएको
Shares
राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित

सारांश

  •     नगरप्रमुख यादबले राजविराजको अड लाइन, नेता चोकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायतको ठाउमा निर्माण कार्य तिब्रगतिमा भईरहेको बताए ।
  •       राजबिराज वडा न.
  • ८ का अध्यक्ष जयनारायण मण्डलको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नगर प्रमुख यादव, उपप्रमुख साधना झा लगायत उपस्थित अतिथिहरुलाई अध्यक्ष मण्डलले दोसल्ला ओढाएर सम्मान गरे ।

    राजबिराज÷राजबिराज नगरपालिका वडा नं. ८ को कार्यालय भवनको शनिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । सो अवसरमा जेष्ठ नागरिक, एकल महिला तथा शारिरीक अपाङता भएका व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ । 
    राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले सो नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । 
    सो अवसरमा नगर प्रमुख शम्भु प्रसाद यादबले राजबिराज बस पार्क, राजबिराज हटिया लगायत नगरभित्रको रिंग रोडका कार्यहरू दुई महिना भित्रै सम्पन्न हुने जानकारी दिए ।
    नगरप्रमुख यादबले राजविराजको अड लाइन, नेता चोकदेखि पश्चिम सिरहा रोड, तेतरी गाछी सडक, तेतरी गाछी–राजदेवी मन्दिर सडक लगायतको ठाउमा निर्माण कार्य तिब्रगतिमा भईरहेको बताए । 
    राजबिराज वडा न.. ८ का अध्यक्ष जयनारायण मण्डलको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नगर प्रमुख यादव, उपप्रमुख साधना झा लगायत उपस्थित अतिथिहरुलाई अध्यक्ष मण्डलले दोसल्ला ओढाएर सम्मान गरे । 
    राजबिराज नगरपालिकाको सहयोगमा कुल ५९ लाखको लागतमा ७ कोठे भवन निर्माण गरिएको वडा अध्यक्ष जय नारायण मण्डलले जानकारी दिए । 
    सोही कार्यक्रममा वडाका जेष्ठ नागरिक, एकल महिला तथा शारिरीक अपाङता भएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको वडा अध्यक्ष मण्डलले बताए । उनले तीनै वर्गका गरि १ सय ५४ जनालाई पौष्ठिक बिस्कुट, चवनप्रास प्रदान गरेर तथा दोसल्ला ओढाएर सम्मानित गरिएको जानकारी दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु