दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थाले गत आर्थिक वर्षमा २५ करोड रुपैयाँको कारोवार गरेको छ । संस्थाको आइतवार सम्पन्न २१ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार २५ करोड १५ लाख ९५ हजार २३७ रुपैयाँको कारोवार गरेको जनाइएको छ ।
सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यसैगरी १० करोड ८५ लाख ६६ हजार १११ निक्षेप फिर्ता गरी १३ करोड ३४ लाख ६२ हजार २६८ रुपैयाँ ऋण लगानी रहेको प्रतिवेदनमा छ । महिला २० हजार ३६१ र पुरुष ६ हजार ४० गरी कुल २६ हजार ४०१ जना सदस्य रहेको संस्थालाई कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले थालेको बन्दाबन्दीका कारण ठुलो मार खेप्नु परेको अध्यक्ष यादवले बताए ।
‘बन्दाबन्दीले संस्थाको कर्जा असुली अपेक्षित रुपमा हुन सकेन । जसले मुठिया बचत समूहहरु लगायत दैनिक बचतकर्ता साना व्यापारी व्यवसायीको भुक्तानी समयमा गर्न नसकिएकाले वित्तीय कारोवारमा प्रत्यक्ष असर पुगेको छ’ उनले भने–‘निक्षेप संकलन घटेको छ भने सदस्यहरुको संस्थाप्रति विश्वास गुमेको अवस्था सिर्जना हुन पुगेको छ । ती समस्यालाई समाधान गर्न कानूनी प्रक्रिया अघि बढेको छ ।’
आउँदो दिनमा कर्जा असुली गर्न संस्थाले नितिगत रुपमा कठोरत्तम कदम चाल्ने अध्यक्ष यादवको कथन छ ।
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
सारांश
- सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
- मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ ।
- प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया