दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थाले गत आर्थिक वर्षमा २५ करोड रुपैयाँको कारोवार गरेको छ । संस्थाको आइतवार सम्पन्न २१ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार २५ करोड १५ लाख ९५ हजार २३७ रुपैयाँको कारोवार गरेको जनाइएको छ ।
सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यसैगरी १० करोड ८५ लाख ६६ हजार १११ निक्षेप फिर्ता गरी १३ करोड ३४ लाख ६२ हजार २६८ रुपैयाँ ऋण लगानी रहेको प्रतिवेदनमा छ । महिला २० हजार ३६१ र पुरुष ६ हजार ४० गरी कुल २६ हजार ४०१ जना सदस्य रहेको संस्थालाई कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले थालेको बन्दाबन्दीका कारण ठुलो मार खेप्नु परेको अध्यक्ष यादवले बताए ।
‘बन्दाबन्दीले संस्थाको कर्जा असुली अपेक्षित रुपमा हुन सकेन । जसले मुठिया बचत समूहहरु लगायत दैनिक बचतकर्ता साना व्यापारी व्यवसायीको भुक्तानी समयमा गर्न नसकिएकाले वित्तीय कारोवारमा प्रत्यक्ष असर पुगेको छ’ उनले भने–‘निक्षेप संकलन घटेको छ भने सदस्यहरुको संस्थाप्रति विश्वास गुमेको अवस्था सिर्जना हुन पुगेको छ । ती समस्यालाई समाधान गर्न कानूनी प्रक्रिया अघि बढेको छ ।’
आउँदो दिनमा कर्जा असुली गर्न संस्थाले नितिगत रुपमा कठोरत्तम कदम चाल्ने अध्यक्ष यादवको कथन छ ।
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
सारांश
- सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
- मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ ।
- प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया