दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दिउँसो एक ९० वर्षिय बृद्धाको घाटी रेटी हत्या गरिएको छ ।
सो गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको घाटी रेटेको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै डिएसी काफ्लेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मृतकका छोरा देवनारायणले भने, “बिहान ९ बजेतिर सखडा बजारमा चिया खान जान्छु भन्दै बुबा घरबाट निस्केका थिए, बुबाको कसैसँग कुनै दुश्मनी थिएन ।”
यता घटनाको छानबिन र हत्यारालाई अविलम्ब पक्राउ गर्न मृतकका आफन्त र गाउँलेले माग गरेका छन् । डिएसपी काफ्लेले ९० वर्षिय बृद्धको कसले र के कारणले हत्या गरेको हो भन्ने बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए ।
सप्तरीमा ४३ जनाको हत्या
सप्तरीमा अपराधिक घटनामा बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले दिएको तथ्याङ्क अनुसार जिल्लामा ४ वर्ष यता ३ हजार ४४ आपराधिक घटनामा भएको छ ।
प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा ६ सय ४६, २०७५÷७६ मा ७ सय ७४, २०७६÷७७ मा ७ सय ७६ र २०७७÷७८ मा ८ सय ४४ आपराधका घटना भएको छ ।
यस्तै चार वर्षको अवधीमा ४३ जनाको हत्या भएको छ भने १ सय १६ ज्यान मार्ने उद्योग, गर्भपतनका ६, भवितब्य ज्यान ३ सय ४७, फुटकर ज्यान २० र ज्यान सम्बन्धि ७ वटा घटना भएका छन् ।
यसैगरि पछिल्लो चार वर्षमा जिल्लामा ३ सय ८५ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । आ.ब. २०७४÷०७५ मा ८३ जना, ०७५÷०७६ मा ८८ जना, ०७६÷०७७ मा ९६ जना र ०७७÷०७८ मा १ सय १८ जनाले आत्महत्या गरेका २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
सारांश
- सो गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको घाटी रेटेको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
- घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
- घटनाको खबर पाएलगत्तै डिएसी काफ्लेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया