दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ आइतबार लुटिएको छ ।
अनुदानको गहुँको बिऊ आफ्नै केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानिय तथा भारतीय तिर्थयात्रुहरुले लुटेर लगेको गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले आरोप लगाएका छन् ।
अध्यक्ष मण्डलले गँहुको बिऊ निमित्त प्रशासकीय अधिकृत महेश कुमार शर्मा, वडा नं. ६ का अध्यक्ष बिरेन्द्र साह तथा उपाध्यक्ष उषाकुमारी मण्डललगायतको मिलोमतोमा गाहुको बिऊ लुटिएको दाबी गरे ।
अध्यक्ष मण्डलले गाउँपालिकाको शसर्त अनुदान अन्तरगत २० लाख रकम बराबरको उक्त बिऊ खरीद गरिएको जानकारी दिए । उनले गाउँपालिका नजिकै रहेको छिन्नमस्ता मन्दिरको धर्मशालाको कोठामा राखिएको बिऊ ताला तोडेर केही स्थानिय र भारतीय तिर्थयात्रीहरुले लुटेर लगेको बताए । बिऊ लुटिएको खबर पाएपछि आफूले जिल्ला प्रहरी कार्यालयमा खबर गरे लगत्तै आएको प्रहरी टोलीले केही बोरा बिऊ बरामद गरेको जानकारी दिए ।
यता गाउँपालिका निमित्त प्रशासकीय अधिकृत शर्माले ती गहुँको बिऊ गाउँपालिकाले खरीद नगरेको जनाएका छन् । उनले उक्त गहुँको बिऊ कसले खरीद गरेर ल्याएको बारे आफूलाई थाहा नभएको स्पष्ट पारे ।
स्थानियका अनुसार ५ सय २५ बोरा मध्ये १ सय जति बोरा केही स्थानियले लुटेको तथा बाँकी रहेका बोरा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा लुकेर बिक्रि गरेका छन् । उनीहरुले छिमेकी मुलुक भारतमा समेत गहुँको बिऊ बिक्रि गरिएको आरोप लगाएका छन् ।
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
सारांश
- अनुदानको गहुँको बिऊ आफ्नै केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानिय तथा भारतीय तिर्थयात्रुहरुले लुटेर लगेको गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले आरोप लगाएका छन् ।
- अध्यक्ष मण्डलले गँहुको बिऊ निमित्त प्रशासकीय अधिकृत महेश कुमार शर्मा, वडा नं.
- ६ का अध्यक्ष बिरेन्द्र साह तथा उपाध्यक्ष उषाकुमारी मण्डललगायतको मिलोमतोमा गाहुको बिऊ लुटिएको दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया