दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १४ गतेदेखी राजबिराजमा प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता हुँदैछ ।
सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट संघको समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएको प्रतियोगिताको सम्पुर्ण तयारी भएको छ ।
प्रदेश २ को सप्तरीसहित आठ वटै जिल्ला सम्मलित सो प्रतियोगिता राजबिराजस्थित राजरंगशाला र मबिव क्याम्पस राजबिराजको खेलमैदानमा हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
महबुब आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
चयन गरिएका खेलाडीहरूमा महबुव आलम कप्तान, आशिष झा उपकप्तान तथा किपर, अमित यादब, रोहन बिक, रोहित सिँह, रोबिन सिँह, नितेश यादब, धिरज मण्डल, अजय यादब, निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साह रहेका छन ।
यस्तै बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्कीलाई राखिएको खेलाडी छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिए ।
सो प्रदेश छनोट प्रतियोगिताबाट यही पुस २५ गते देखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ को टिम चयन गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता
सारांश
- सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट संघको समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएको प्रतियोगिताको सम्पुर्ण तयारी भएको छ ।
- प्रदेश २ को सप्तरीसहित आठ वटै जिल्ला सम्मलित सो प्रतियोगिता राजबिराजस्थित राजरंगशाला र मबिव क्याम्पस राजबिराजको खेलमैदानमा हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
- महबुब आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया