दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरी प्रहरीले श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ का २९ वर्षिय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षिय दिलिप कुमार मण्डल छन् । उनीहरुका साथबाट प्रहरीले श्रोत नखुलेको रकम ९ लाख ९० हजार रुँपैया बरामद गरेको छ ।
राजविराज ५ स्थित छिन्नमस्ता अस्पताल अगाडी दुबै हुण्डी कारोवारीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रदेश–२–०१–००३ प.३४७८८ नम्बरको मोटरसाइकल र उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार भारतबाट मोटरसाइकलमा घर फर्कदै गरेका उनीहरुले बोकेको कालो झोलाबाट १ हजारका सात र पाँच सयका एक हजार ९ सय ६६ थान गरि उक्त परिमाणको रकम बरामद गरिएको हो ।
अनुसन्धानका क्रममा दुबै जना हुण्डी कारोबारमा संलग्न रहेको खुलेको उनले बताए । दुई दिनअघि पक्राउ परेका उनीहरुबारे आवश्यक अनुसन्धान पुरा गरि शुक्रबार प्रहरीले विवरण सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ का २९ वर्षिय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षिय दिलिप कुमार मण्डल छन् ।
- उनीहरुका साथबाट प्रहरीले श्रोत नखुलेको रकम ९ लाख ९० हजार रुँपैया बरामद गरेको छ ।
- राजविराज ५ स्थित छिन्नमस्ता अस्पताल अगाडी दुबै हुण्डी कारोवारीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया