सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ४, २०७८
|
|
७८ पटक हेरिएको
Shares
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव

सारांश

  •     कर्मचारी नह्ुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको छ भने सेवा लिन सेवाग्रांहीहरु कार्यालयमा घण्टौं कुर्नु पर्ने अवस्था देखिएको छ ।
  •       जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३३ जनाको दरबन्दी रहेकोमा अहिले न्युन संख्यामा रहेका कर्मचारीका भरमा सेवा दिनुपरिरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम बताउँछन् ।
  •       उनका अनुसार तीन जना प्रशासकिय अधिकृतको दरबन्दी रहेकोमा हाल १ जना मात्र रहेका छन् भने नायब सुब्बा २ जना र खरिदार २ जनाको पद रिक्त नै रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    सप्तरी जिल्लास्थित विभिन्न सरकारी स्वामित्वका कार्यालयहरुमा दरबन्दी अनुसारको कर्मचारी नहुदा सेवा र काम प्रभावित बन्न पुगेको छ । 
    कर्मचारी नह्ुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको छ भने सेवा लिन सेवाग्रांहीहरु कार्यालयमा घण्टौं कुर्नु पर्ने अवस्था देखिएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३३ जनाको दरबन्दी रहेकोमा अहिले न्युन संख्यामा रहेका कर्मचारीका भरमा सेवा दिनुपरिरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम बताउँछन् । 
    उनका अनुसार तीन जना प्रशासकिय अधिकृतको दरबन्दी रहेकोमा हाल १ जना मात्र रहेका छन् भने नायब सुब्बा २ जना र खरिदार २ जनाको पद रिक्त नै रहेको बताए । दैनिकी कार्य प्रभावित हुन थालेपछि राजविराज कारागार कार्यालयबाट एक जना अधिकृतलाई झिकाएर काम चलाउनु परेको उनले जानकारी दिए । 
    प्रशासन कार्यालयमा मात्र नभई सप्तरीका अन्य अधिकांश सरकारी कार्यालयहरुमा पनि यस्तै समस्या रहेको छ । प्रजिअ गौतमले अन्य कार्यालयहरुमा पनि देखिएको कर्मचारीको अभावबारे सम्बन्धित विभाग र मन्त्रालयमा पहल गरिएको र चाडै पदपुर्ती गरिने आश्वासन पाएको बताए । 
    यस्तै भुमिसुधार तथा मालपोत कार्यालयमा ३ अधिकृतको दरबन्दी रहेकोमा २ पद रिक्त नै छ । यस्तै सो कार्यालयमा २ जना नासु र २ प्रमुख मालपोत अधिकृतको पद पनि रिक्त नै रहदा उपलब्ध जनशक्तिबाटै जसोतसो काम चलाउनु परेको कार्यालय प्रमुख दिपेन्द्र झाको भनाई छ । 
    यसैगरि सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक नेपाल टेलिकमको पनि आधा दर्जन पद लामो समय देखी रिक्त नै छ । टेलिकम राजविजराज शाखाका बरिष्ठ इन्जिनीयर एवं कार्यालय प्रमुख मो.हसन अंसारीका अनुसार १ ईन्जीनीयर १ प्राविधीक र १ ब्यापार अधिकृतको पद लामो समय देखी रिक्त छ । ३ सहायक लेखा अधिकृतको दरबन्दी रहेकोमा २ पद रिक्त नै छ ।     उनका अनुसार टेलीकमको मातहतमा रहेको हनुमाननगर र कल्याणपुर उपशाखामा प्राविधीक सहित ६÷६ जना कर्मचारीको दरबन्दी रहेपनि दुबै शाखामा ४÷४ पद रिक्त भई २÷२ जनाबाट मात्र काम चलाउनु परेको छ । 
    जिल्लाको सरकारी गजेन्द्र नारायण सिह अस्पतालमा पनि विगत २ वर्ष देखी मेडिकल सुपरिटेण्डेन्टको अभाव छ । सो को पद पुर्ती हुन नसक्दा हाल सम्म निमित्त मेडिकल सुपरिटेण्डेण्टकै भरमा अस्पतालको प्रशासन चलिरहेको छ । यता जिल्लाका अधिकांश स्थानीय तह पनि कर्मचारीको अभाव झेलिरहेको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के 
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
हटियाको जग्गा पुनः अतिक्रमण
हटियाको जग्गा पुनः अतिक्रमण
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु