माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १०, २०७८
|
|
३२ पटक हेरिएको
Shares
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित

सारांश

  •     स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सो जुलुस निकालिएको हो ।
  • गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै फागुन ३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।
  •       तर, सो माग बारे हालसम्म कुनै सुनुवाई नभएको भन्दै मंगलबारदेखी संघ संघर्षमा उत्रेको हो ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले आफ्नो माग सम्बोधन नभएको भन्दै मंगलबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सो जुलुस निकालिएको हो । गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै फागुन ३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो । 
    तर, सो माग बारे हालसम्म कुनै सुनुवाई नभएको भन्दै मंगलबारदेखी संघ संघर्षमा उत्रेको हो ।     
    मजदुर संघले नगरको विभिन्न ठाउहरुमा स्टेण्ड कायम गर्न, राजविराज नगरक्षेत्रमा जताततै खुलेको फुटपाथ पसलहरुलाई व्यवस्थित गर्न, छाडा पशु चौपाया नियन्त्रण गर्न कान्जी हाउस संचालन, सडकका पेटीहरु गरिएको अतिक्रमणलाई खाली गराउन, घर निर्माणका लागि बाटोमै राखिएको सामाग्रिहरुका कारण आवतजावतमा कठिनाई भइरहेकोमा त्यसलाई खाली गराउन, बस पार्क संचालन गर्न, हटियास्थित निर्माण भइरहेको गिलेशनको समय सीमा भित्र निर्माण गर्न अटेर गरेका ठेकेदारमाथी कारवाही तथा राजविराजमा यातायत व्यवस्था कार्यालयको शाखा कार्यालय संचालन गर्न माग गरेको छ । 
    सो मागहरु नगरपालिकाले कार्यान्वयन गर्न उदासिनता देखाएको भन्दै मसाल जुलुस प्रदर्शन गर्नुका साथै १२ गते राजविराज नगरपालिकामा धर्ना तथा १३, १४ र १५ गते नगर क्षेत्रमा पर्चा पम्प्लेट बितरण, नाराबाजी र भण्डाफोर अभियान गर्ने जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रजातन्त्र दिवसमा सरसफाई
प्रजातन्त्र दिवसमा सरसफाई
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी