माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ११, २०७८
|
|
३४ पटक हेरिएको
Shares
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता

सारांश

  •     मजदुरहरु धर्नामा बसेकोपछि राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले वार्ताका लागि बोलाएपछि सो वार्तामा मागहरु पुरा गरिने निर्णय जनाइएको छ ।
  •       निर्णय अनुसार सखडा, पत्थरगाढा, नर्घोका लागि हुलाकी राजमार्गमा पर्ने गनु बाबुको जग्गाबाट सिटी टेम्पु संचालन गर्ने, कुनौली जानका लागि मिलन चौकबाट सिटि टेम्पु लगायत संचालन गर्ने, हनुमाननगर, भारदह जानका लागि स्वास्थ्य कार्यालय अगाडीबाट संचालन गर्ने, कंचनपुर जानका लागि सिन्हा ग्यारेज अगाडी पिपल बोटबाट, रुपनी, लहान जानका लागि प्रहरी तालिम केन्द्रको बाटो छेउबाट, स्थानिय सिटी, टेमपो संचालनका लागि भन्साली ट्रेडर्स राजविराज, तेतरी गाछी, राजदेवी बसपार्क अगाडीबाट संचालन गर्ने र बोड स्टेन्डको जिम्मा नगरपालिकाबाट दिने भएको जनाइएको छ ।
  •       त्यस्तै फुटपात पसलहरुलाई बाटो नराखी नालासम्म व्यवस्थित गर्ने, छाडा चौपाया नियन्त्रणका लागि अविलम्ब काँजी हाउसको व्यवस्था गर्ने, नगर क्षेत्रको पेटीहरुमा राखिएको सरसामान तथा बोड हटाउने तथा बस पार्कबाट एक महिनाभित्र लामो तथा छोटो दुरीका सवारीसाधन संचालन गर्ने लगायतका निर्णय भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
    अखिल नेपाल विद्युतिय रिक्सा, अटो, टेम्पो मजदुर संघले ८ बुँदे मागसहित सुरु गरेको आन्दोलन सहमतिपश्चात् टुङिगएको छ । बुधबार मजदुर संघ र राजविराज नगरपालिकाबीच मागहरु सम्बोधन गर्ने निर्णय भएपछि आन्दोलन टुङिगएको हो । 
    मजदुरहरु धर्नामा बसेकोपछि राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले वार्ताका लागि बोलाएपछि सो वार्तामा मागहरु पुरा गरिने निर्णय जनाइएको छ । 
    निर्णय अनुसार सखडा, पत्थरगाढा, नर्घोका लागि हुलाकी राजमार्गमा पर्ने गनु बाबुको जग्गाबाट सिटी टेम्पु संचालन गर्ने, कुनौली जानका लागि मिलन चौकबाट सिटि टेम्पु लगायत संचालन गर्ने, हनुमाननगर, भारदह जानका लागि स्वास्थ्य कार्यालय अगाडीबाट संचालन गर्ने, कंचनपुर जानका लागि सिन्हा ग्यारेज अगाडी पिपल बोटबाट, रुपनी, लहान जानका लागि प्रहरी तालिम केन्द्रको बाटो छेउबाट, स्थानिय सिटी, टेमपो संचालनका लागि भन्साली ट्रेडर्स राजविराज, तेतरी गाछी, राजदेवी बसपार्क अगाडीबाट संचालन गर्ने र बोड स्टेन्डको जिम्मा नगरपालिकाबाट दिने भएको जनाइएको छ । 
    त्यस्तै फुटपात पसलहरुलाई बाटो नराखी नालासम्म व्यवस्थित गर्ने, छाडा चौपाया नियन्त्रणका लागि अविलम्ब काँजी हाउसको व्यवस्था गर्ने, नगर क्षेत्रको पेटीहरुमा राखिएको सरसामान तथा बोड हटाउने तथा बस पार्कबाट एक महिनाभित्र लामो तथा छोटो दुरीका सवारीसाधन संचालन गर्ने लगायतका निर्णय भएको छ । 
    वार्तामा राजबिराज नगर पालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमकुमार यादव, मजदुरहरुको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासंघका मधेश प्रदेश सचिव केदार देव, जिल्ला अध्यक्ष रामचन्द्र यादव, वाइसिएलकाका नगर अध्यक्ष संजय कुमार दास, अखिल नेपाल बिद्युतिय रिक्सा अटो टेम्पो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र प्रसाद देव, मजदुर प्रतिनिधिहरु उद्धव भुजेल, सुरेश यादव, रामभरोसी प्रसाद गुप्ता, अरबिन्द मिश्र र वडा प्रहरी कार्यालय राजबिराजका प्रहरी प्रमुख सुमन महन्थ गिरी र ट्राफिक प्रहरी कार्यालय राजबिराजका प्रमुख मोहन लाल चौधरी समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे
आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति