दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार राजबिराजमा विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
लोकतान्त्रिक महिला संघद्वारा राजबिराजस्थित जिसस सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएको छ ।
आयोजित सभामा संघिय सांसद चन्द्रकान्त चौधरीले महिला हिंसा न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन । उनले अहिले पनि जनचेतनाको अभावमा महिलाहरु विभिन्न हिंसाबाट पीडित बन्न पुगेकोप्रति दुखेसो व्यक्त गरे ।
कार्यक्रममा अर्का संघिय सांसद दुलारी देबी खंगले महिलाको अधिकार सुनिश्चिताका लागि आ– आफनो ठाउवाट आवाज उठाउनुपर्नेमा जोड दिदै महिला हिंसा, दुव्र्यवहार लगायतका बिभेदको बिरूद्व एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन ।
लोसपा केन्द्रीय नेता पुनम यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रभाकर यादव, लोसपाका केन्द्रिय नेताद्वय गजेन्द्र कुमार मण्डल, शैलेश चौधरी, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, बोदेबरसाईन नगरपालिका उपप्रमुख मन्जु साह, लोसपा जिल्ला अध्यक्ष सुनिल झा, सहसचिवद्वय विद्ययानन्द चौधरी, जयनारायण यादव लगायतले महिला हिंसा न्युनिकरणका लागि अझ सशक्त ढंगले सबैले भुमिका खेल्नु पर्नेंमा जोड दिए ।
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया
सारांश
- लोकतान्त्रिक महिला संघद्वारा राजबिराजस्थित जिसस सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएको छ ।
- आयोजित सभामा संघिय सांसद चन्द्रकान्त चौधरीले महिला हिंसा न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन ।
- उनले अहिले पनि जनचेतनाको अभावमा महिलाहरु विभिन्न हिंसाबाट पीडित बन्न पुगेकोप्रति दुखेसो व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
बालक मृत अवस्थामा फेला
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो
गुरुकुल सहकारीको ६औं साधारणसभा, महिला सशक्तीकरण र स्वरोजगारमा जोड
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
प्रतिक्रिया
० प्रतिक्रिया