अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
३७ पटक हेरिएको
Shares
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट

सारांश

  •     अनुगमनका क्रममा सिल नभएका अरहम अक्वा कम्पनीका पानीको जार, एक हप्तादेखी फ्रिजमा राखिएको मःम, म्याद गुज्रिएको काजु, बदाम, म्याद गुज्रेका खाने तेल, खाद्य सामाग्रि, चिसो पेय पदार्थ लगायतका सामाग्रिहरु जफत गरि तत्कालै नष्ट गरिएको छ ।
  •       बासी र सडेगलेका सरसामान बिक्रि बितरण गर्ने पसल, उद्योग र होटलहरुलाई जरिवाना तथा सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिएका छन् ।
  •       डिभिजन प्रमुख सिंहले अखाद्य बस्तुको बिक्रि बितरण गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने र पहिलो पटक चेतावनीसहित सम्झाएर छाडिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
    संयुक्त बजार अनुगमन टोलीले राजविराज नगरपालिका क्षेत्रका विभिन्न होटल, उद्योग, किराना पसलबाट बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ सोमबार नियन्त्रणमा लिइ नष्ट गरेको छ । 
    अनुगमनका क्रममा सिल नभएका अरहम अक्वा कम्पनीका पानीको जार, एक हप्तादेखी फ्रिजमा राखिएको मःम, म्याद गुज्रिएको काजु, बदाम, म्याद गुज्रेका खाने तेल, खाद्य सामाग्रि, चिसो पेय पदार्थ लगायतका सामाग्रिहरु जफत गरि तत्कालै नष्ट गरिएको छ । 
    बासी र सडेगलेका सरसामान बिक्रि बितरण गर्ने पसल, उद्योग र होटलहरुलाई जरिवाना तथा सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिएका छन् ।  
    डिभिजन प्रमुख सिंहले अखाद्य बस्तुको बिक्रि बितरण गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने र पहिलो पटक चेतावनीसहित सम्झाएर छाडिएको बताए । 
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंह, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत संजयकुमार राम, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नागरिक न्यायीक उपभोक्त मञ्चका जिल्ला अध्यक्ष रामकुमार यादव, उद्योग बाणिज्य संघका उपाध्यक्ष रमेश साह, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय सहायक गनु चौधरी तथा संचारकर्मी लगायतका अनुगमन टोलीमा सहभागि थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
बाढी प्रभावित २ सय २२ परिवारलाई नगद सहयोग, राहत बितरण व्यवस्थित बनाउन माग
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु