होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३, २०७८
|
|
१९ पटक हेरिएको
Shares
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ

सारांश

  •     होली मनाउन घर आएको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
  • चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ जेष्ठ १५ गते एक महिना ४ दिन कैद र ३० हजार जरिवानाको फैसला भए लगत्तै फरार भएका उनी बिहीबार घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका हुन् ।
  •     घटनाको भोली पल्टै पक्राउ परेका उनी केही दिन थुनामा बसेर धरौटीमा छुटेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३ चैत । 
    होली मनाउन घर फर्किएका चोरी घटनामा फरार एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज ६ निवासी २५ वर्षिय श्यामबाबु साह छन् ।
    होली मनाउन घर आएको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ जेष्ठ १५ गते एक महिना ४ दिन कैद र ३० हजार जरिवानाको फैसला भए लगत्तै फरार भएका उनी बिहीबार घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका हुन् ।
    घटनाको भोली पल्टै पक्राउ परेका उनी केही दिन थुनामा बसेर धरौटीमा छुटेका थिए । अदालतको फैसला आएलगत्तै भने उनी फरार भएका थिए । 
    पक्राउपछि अदालतमा उपस्थित गराइएका साहलाई आदेशानुसार बिहीबार नै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    २०७५ साल पुस १४ गते राजविराज ७ निवासी शिवनारायण साहको घरआंगनमा राखिएको पीकअप भ्यानमा लोड गरिएको डेढ लाख भन्दा बढी मुल्यको किराना सामान चोरी गरेको आरोपमा उनी उपर चोरी मुद्दा अन्तरगत कारवाही चलाइएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
सुख्खा खाना राख्ने सामाग्रि बितरण
सुख्खा खाना राख्ने सामाग्रि बितरण
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै