दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो

राजविराज राजविराज
|
शनिबार, चैत्र १२, २०७८
|
|
२७ पटक हेरिएको
Shares
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो

सारांश

  •     हाल उनको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
  • उनी सवार मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोकिदा खंग गम्भिर घाइते भएका थिए ।
  •       सो दुर्घटनामा साइकल सवार रुपनी गाउँपालिका ३ निवासी ३८ वर्षि जितेन्द्र मण्डल पनि गम्भिर घाइते भए ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
    दश दिनअघि राजविराज–रुपनी सडक खण्डको रायपुरमा दुर्घटनामा परि गम्भिर घाइते भएका राजविराज ९ मलेठका ३३ वर्षिय रामकुमार खंगको उपचारमा रकम अभाव भएपछि अस्पतालले उनको उपचार रोकेको छ । 
    हाल उनको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनी सवार मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोकिदा खंग गम्भिर घाइते भएका थिए । 
    सो दुर्घटनामा साइकल सवार रुपनी गाउँपालिका ३ निवासी ३८ वर्षि जितेन्द्र मण्डल पनि गम्भिर घाइते भए । मण्डलको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । 
    टाउँको र अनुहारमा गहिरो चोट लागेका खंगको उपचारमा हालसम्म तीन लाख ८४ हजार रुँपैया सकिएको पत्नी रामरतिले बताइन् । हालसम्मको उपचार खर्चको १ लाख ४४ हजारको बिल तिर्न बाँकी नै छ । अस्पतालले बाँकी १ लाख ४४ हजार र थप उपचारका लागि २ लाखको जोहो गर्न भनेपछि पत्नी रामरति तनावमा रहेकी छिन् । 
    आइसियुमा राखेर उपचार भइरहेका उनको दैनिक उपचार खर्च बढ्दै गएपछि समस्यामा परेको सुनाउँदै उनले अहिलेसम्मम त ऋण साप्टीबाट काम चलाइयो अब त्यो उपाय पनि रहेन् । स्थानिय एक रात्री बसमा खलासी (सहचालक) को काम उनी गर्दै आएका थिए । 
    यसैबीच उपचार खर्चको अभावमा समस्यामा परेका खंगलाई बचाउन शनिबार स्थानिय समाजसेवी राजविराज नगरपालिका ९ निवासी रामजी यादवले पहल थालेका छन् । २५ हजार रुँपैया सहयोग गरेका उनले थप खर्च जुटाउन सहयोग संकलन अभियान थालेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?