दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम अन्र्तगत जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न भएको छ ।
आसामान नेपालका आयोजनमा आयोजित जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी कार्यक्रममा एकीकृत स्वास्थ्य र पोषण कार्यक्रम, गर्भवती र सुत्केरी महिला तथा ६ देखि २३ महिनाका बालबालिकाहरु बीच आवश्यक स्वास्थ्य र पोषण सेवाहरुको पहँुच र उपयोगिता बढाउने, मातृ शिशु र बालबालिकाहरुलाई गुणस्तरीय पोष्टिक खाना खुवाउने, आमा र हेरचाहकर्ताहरुको ब्यवहार, अभ्यास र ज्ञानमा सुधार गर्नु र एसबीसीको माध्यमबाट स्याहर र पोषण ब्यवहारमा सुधार गर्नु लगायत बारेमा जानकारी दिइएको छ ।
परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाको प्रमुख आतिथियमा संचालन भएको कार्यक्रममा मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा स्थानिय स्तरमा उपलब्ध पौष्टिक खाद्यान्नमा पहँुच र उपयोगमा बृद्धि गरी बालबालिका, गर्भवती र सुकेरी महिलाको पोषण स्थितिमा सुधार र स्थानिय रुपमा उपलब्ध पौष्टिक खानाहरुमा समेत पहुँच बढाउनुपर्ने लगायतका कार्यहरु संचालन हुने आसमान नेपालका कार्यक्रम संयोजक सावन कुमार यादवले जानकारी दिए ।
तीन करोड ४५ लाख ४१ हजार २५ रुपैयाको कुल लागतमा एक बर्षमा गभर्वती, सुत्केरी, महिला र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने आसमान नेपालका अभियान्ता रोकी साहले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाले स्थानिय तहमा स्वास्थ्य सम्बन्धि आसमान नेपालले संचालन गनुपर्ने जोड दिए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बिश्व खाद्य कार्यक्रम अधिकृत कृष्ण प्रसाद लाम्साल लगायत बिभिन्न वक्तहरुले कार्यक्रमको सफलताको बारेमा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा १८ वटै स्थानिय तहबाट स्वास्थ्य शिक्षा र बिभिन्न सम्बन्धित निकायबाट आएका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी सम्पन्न
सारांश
- आसामान नेपालका आयोजनमा आयोजित जिल्ला तथा पालिका स्तरीय शुभारम्भ गोष्ठी कार्यक्रममा एकीकृत स्वास्थ्य र पोषण कार्यक्रम, गर्भवती र सुत्केरी महिला तथा ६ देखि २३ महिनाका बालबालिकाहरु बीच आवश्यक स्वास्थ्य र पोषण सेवाहरुको पहँुच र उपयोगिता बढाउने, मातृ शिशु र बालबालिकाहरुलाई गुणस्तरीय पोष्टिक खाना खुवाउने, आमा र हेरचाहकर्ताहरुको ब्यवहार, अभ्यास र ज्ञानमा सुधार गर्नु र एसबीसीको माध्यमबाट स्याहर र पोषण ब्यवहारमा सुधार गर्नु लगायत बारेमा जानकारी दिइएको छ ।
- परिवार कल्याण महाशाखा अन्र्तगत पोषण शाखा प्रमुख लिला बिक्रम थापाको प्रमुख आतिथियमा संचालन भएको कार्यक्रममा मधेस प्रदेशका सिरहा र सप्तरी जिल्लामा स्थानिय स्तरमा उपलब्ध पौष्टिक खाद्यान्नमा पहँुच र उपयोगमा बृद्धि गरी बालबालिका, गर्भवती र सुकेरी महिलाको पोषण स्थितिमा सुधार र स्थानिय रुपमा उपलब्ध पौष्टिक खानाहरुमा समेत पहुँच बढाउनुपर्ने लगायतका कार्यहरु संचालन हुने आसमान नेपालका कार्यक्रम संयोजक सावन कुमार यादवले जानकारी दिए ।
- तीन करोड ४५ लाख ४१ हजार २५ रुपैयाको कुल लागतमा एक बर्षमा गभर्वती, सुत्केरी, महिला र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने आसमान नेपालका अभियान्ता रोकी साहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया