बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद

राजविराज राजविराज
|
बिहिबार, बैशाख ८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद

सारांश

  •     जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो ।
  • आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
  •     तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
    बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सप्तरीले २० वर्षिय एक यूवकलाई ८ वर्ष कैद सजाय तथा ५० हजार क्षतिपूर्ती भराउन आदेश दिएको छ । 
    जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो । आरोपीबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।
    तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ ।
    आरोपीहरूले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दैै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । 
    जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकामा उक्त अदालतले सुरेशलाई  २०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियोे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव