सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश 

राजविराज राजविराज
|
आइतबार, आषाढ १९, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सप्तरी, पर्सा, बारा र सिरहा सेमिफाईनलमा प्रवेश 

सारांश

  •     आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ ।
  •       पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो ।
  • जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ ।

दैनिक समाचारदाता
राजबिराज, १९ असार । 
    राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा सप्तरी, पर्सा र बारा प्रवेश गरेका छन । 
    आईतवार सम्पन्न लिग चरणको तीन वटा खेल अन्तरगत पहिलो खेलमा सप्तरीले धनुषालाई ३ बिकेटले, दोस्रो खेलमा पर्साले सर्लाहीलाई ४ बिकेटले तथा तेस्रो खेलमा बाराले रौतहटलाई पराजित गरेको हो भने सिरहा नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरिसकेको छ । 
    पहिलो खेलमा धनुषाले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेको थियो । जवाफमा सप्तरीले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेको छ । खेलको म्यान अफ दि म्याच रोहित सिंह घोषित भए । 
    यस्तै पर्सा र सर्लाही बिच भएको दोस्रो खेलमा टस जितेर सर्लाहीले ७ बिकेट गुमाई १ सय २० रनको योगफल खडा गरेका थिए । जवाफमा पर्साले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारेको हो । उक्त खेलको म्यान अफ दि म्याच पर्साका ईमरान शेख घोषित भए । 
    यस्तै बारा र रौतहटबिच भएको खेलमा टस जितेर रौतहटले ब्याटिङ गर्दै ७ बिकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफमा बाराले १४ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि रौतहट बिजयी भयो । 
    यता रौतहटले जित हात पारेपनि रन रेटको आधारमा बारा सेमिफाईनलमा प्रवेष गरेको आयोजकले जनाएको छ । उक्त खेलको म्यान अफ दि म्याच रौतहट टिमका रंजित मुखिया घोषित भए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश