ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा

राजविराज राजविराज
|
बुधबार, आषाढ २९, २०७९
|
|
११५ पटक हेरिएको
Shares
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा

सारांश

  •     बि.
  • स.
  • २०७२ सालदेखि पूर्णरुपमा बन्द रहेको उक्त पुस्तकालयलाई पुनःसंचालनमा ल्याउन स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक सुरेन्द्र प्रसाद गुप्ताले अभियान थालेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २९ असार । 
    राजविराज ७ स्थित लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व समाप्त भएपछि यसलाई पुर्नजीवन दिने अभियान सुरु भएको छ । 
    बि.स. २०७२ सालदेखि पूर्णरुपमा बन्द रहेको उक्त पुस्तकालयलाई पुनःसंचालनमा ल्याउन स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक सुरेन्द्र प्रसाद गुप्ताले अभियान थालेका हुन् । संचारकर्मी तथा साहित्यकर्मी समेत रहेका गुप्ताले समाजिक सञ्जालमार्फत पहल थालेपछि विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धता आउन थालेको हो । 
    बि.स. २०१६ सालमा स्थापित सप्तरी कै पुरानो मध्येका एक आदर्श पुस्तकालय तत्कालिन वडा हाकिम बद्री बिक्रम थापाको विशेष पहलमा राजविराज ७ मा स्थापना भएको थियो । 
    पुस्तकालयको जिर्ण भवनलाई भत्काएर नयाँ संरचना निर्माण गरिए पनी पुस्तकालयका लागी आवश्यक कोठाको व्यवस्था नगरी ब्यापारिक प्रयोजनका लागी सटरहरु निर्माण हुदाँ पुस्तकालय लोप हुने अवस्थामा पुगेको गुप्ताको भनाई छ । पुस्तकालयमा रहेका अधिकांश फर्निचर र पुस्तक नष्ट भई सकेका छन् । 
    उनका अनुसार सामाजिक सञ्जाल मार्फत अभियान चलाएपछि हाल काम विषेशले जिल्ला बाहिर रहेका राजविराज निवासी आनन्द मिश्रले १५ हजार देखी २० हजार सम्मको संख्यामा विश्वका उत्कृष्ट पुस्तकहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यस्तै मिश्रले अफ लाईन र अनलाईन पढ्न सकिने करिब १० हजार पुस्तक थप सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको गुप्ताले जानकारी दिएका छन् । 
    उनका अनुसार साहित्य प्रेमी योगिस खरेल, विमल न्यौपाने, संजिव उपाध्याय लगायतका दर्जनौ व्यक्तिले पुस्तकालयलाई पुर्नजीवन दिने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
    समाजिक सञ्जालमार्फत अभियान चलाएको बताउने गुप्ताले पढ्ने बानीमा ह्रास आईरहेकोले पठन संस्कृतिको विकासका लागी पनि यो अभियान चलाएका बताए । अभियानमा सघाउने र सहयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गए पनि राजविराज नगरपालिकाले खासै चासो नदेखाएको उनको भनाई छ । 
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवले ऐतिहासिक लेखनाथ आदर्श पुस्तकालयलाई पुर्नजीवन दिन नगरपालिका गम्भिर रहेको बताए । उनले पुस्तकालयको जीर्ण भवन भत्काएर व्यापारिक कम्प्लेक्स बनाइए पनि पहिलो तल्लामा सुविधा सम्पन्न लेखनाथ आदर्श पुस्तकालय बनाई यसलाई नयाँ स्वरुपमा ल्याउने योजना बनाएका जानकारी दिए । उनले लेखनाथ पुस्तकालयलाई अत्याधुनिक पुस्तकालय बनाई प्रयोगमा ल्याउन मधेश प्रदेश सरकार सँग पनि सहयोगका लागी आवश्यक पहल थालिएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन
चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन
सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा
सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
मृतक परिवारलाई आर्थिक सहयोग
मृतक परिवारलाई आर्थिक सहयोग
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग