एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी

राजविराज राजविराज
|
बुधबार, कार्तिक ७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी

सारांश

  •     गत वर्ष कात्तिक ११ गते राजविराजबाट काठमाडौंका लागि हिडेको ना.
  • ६ ख.
  • १४६७ नम्बरको सन्देश ट्राभल्स नामक रात्री बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको ज्यान गएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 

    बस दुर्घटना भएको एक वर्ष बितिसक्दा समेत सो दुर्घटनामा परि ज्यान गुमाएका परिवारले हालसम्म बस संचालक तथा राज्यतर्फबाट क्षतिपूर्तीका लागि कुनै पहल नभएको गुनासो गरेका छन् । 
    गत वर्ष कात्तिक ११ गते राजविराजबाट काठमाडौंका लागि हिडेको ना. ६ ख. १४६७ नम्बरको सन्देश ट्राभल्स नामक रात्री बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको ज्यान गएको थियो । 
    सो दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनले मंगलबार राजविराजमा पत्रकार सम्मेलन मार्फत गुनासो गर्दै क्षतिपूर्ती नपाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
    आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारजनका तर्फबाट सप्तरीका बोदेबरसाईन नगरपालिका ७ निवासी चतुरनारायण प्रमाणिले उक्त दुर्घटनामा आफ्ना चार छोरीको ज्यान गएको स्मरण गर्दै हालसम्म बस संचालकले बिमा वापतको कुनै रकम वा किरिया खर्च समेत नदिएको दुखेसो पोखे । एक वर्षको अवधी संघीय सरकार, प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय धादिङ लगायत सम्पूर्ण सम्बन्धीत निकायमा क्षतिपूर्ती बारे ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको जानकारी दिए । 
    सप्तरीको रुपनी गाउँपालिका कटैया निवासी शुसिल मुँखीयाकी श्रीमती सविना तुलाधर मुँखीयाको नाउँमा उक्त बस रहेको भन्दै धादिङ प्रहरी सविनालाई थुनामा राखे पनि सर्वोच्च अदालतको फैसलाबाट कुनै क्षतिपूर्ती बिना नै उनी रिहा भएकोप्रति कानुनी प्रक्रियाप्रति बिरोध समेत जनाए । 
    जिल्ला अदालत धादिङले २०७४ पुस ३ गते पीडितहरुको हकमा फैसला गर्दै दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिका परिवारजनलाई १ करोड ७५ लाख क्षतिपूर्ती उपलब्ध गराउने आदेशलाई सर्वोच्च अदालतले एकै साथ ठूलो रकम माँग गर्न नमिल्ने भन्दै आदेश दिएपछि आफूहरु अन्यौलमा परेको बताए । 
    सोही पत्रकार सम्मेलनमा राजविराज नगरपालिका ९ का पुरुषेत्तम देवले दुर्घटनामा छोरा गुमाउनु परेको पीडा सुनाउँदै सम्बन्धीत पक्षलाई क्षतिपुर्तीका लागि गम्भिर हुनुपर्ने सुझाव दिए । उनले यात्रुहरुको विमा वापतको रकम मात्र उपलब्ध हुनु पर्ने माँग गरे । 
    सोही पत्रकार सम्मेलनमा सम्पूर्ण पीडित परिवारले सम्बन्धीत निकायले क्षतिपूर्ती उपलब्ध गराउने बारे कुनै पहल नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
    सो दुर्घटनामा मृत्यु भएका ३१ जना मध्ये २४ जना सप्तरीकै थिए । दुर्घटनामा ज्यान गुमाएका तिलाठीस्थित झा परिवारका चार जना, राजविराजका सेनामा कार्यरत ऋषिदेव तथा बादेबसाईन नगरपालिका परमाणी परिवारका चार जना छोरीहरु समेत रहेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान
लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण