विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, श्रावण १, २०७९
|
|
६० पटक हेरिएको
Shares
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

सारांश

  •     नोवेल ऐकेडेमीका विद्यार्थीहरुले विद्यालय आउने र पढाइ सकिएपछि घर फर्किेन गरेका छात्राहरुलाई जिस्क्याउने र दुव्र्यवहार गर्नेहरुमाथी कारवाहीको माँग गर्दै आईतवार राजविराजमा प्रर्दशन गरेका हुन् ।
  • प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरुले आधा घण्टा जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।
  •       विद्यालयका प्रिन्सीपल प्रविण कुमार ठाकुरका अनुसार लागु औषधको कुलतमा फसेका स्थानीय केही युवाहरुले दैनिक जसो विद्यालय समयमा बाटोमा जम्मा भई छात्राहरुलाई जिस्कयाउने र सोको प्रतिपाद गर्दा छात्र–छात्रामाथी हातपात र धम्की दिने काम गर्ने गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
    राजविराज वडा नं. ७ स्थित एक निजि विद्यालयका विद्यार्थीहरुले शान्ति सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । 
    नोवेल ऐकेडेमीका विद्यार्थीहरुले विद्यालय आउने र पढाइ सकिएपछि घर फर्किेन गरेका छात्राहरुलाई जिस्क्याउने र दुव्र्यवहार गर्नेहरुमाथी कारवाहीको माँग गर्दै आईतवार राजविराजमा प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरुले आधा घण्टा जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएका थिए । 
    विद्यालयका प्रिन्सीपल प्रविण कुमार ठाकुरका अनुसार लागु औषधको कुलतमा फसेका स्थानीय केही युवाहरुले दैनिक जसो विद्यालय समयमा बाटोमा जम्मा भई छात्राहरुलाई जिस्कयाउने र सोको प्रतिपाद गर्दा छात्र–छात्रामाथी हातपात र धम्की दिने काम गर्ने गरेका छन् । 
    उनले पछिल्लो समय आइतबार विद्यालय परिसर भित्रै प्रवेश गरी ती युवाहरुले विद्यार्थीमाथी दुव्र्यवहार गर्न थालेपछी शान्तिसुरक्षा माग्दै प्रर्दशन थालिएको बताए । 
    यता प्रहरीले यस्ता गतिविधीमा संलग्न चार जना युवालाई आइतवार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले चारै जनालाई हिरासतमा राखी घट्नाबारे अनुसन्धान थालिएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता बनाउन आउनेको अत्याधिक भिड
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
सप्तरीको बोदेबसाईनमा तीन दिने नेपालकै  ठूलो इस्लामिक धार्मिक कार्यक्रम सुरु
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
दलित अधिकारकर्मीद्वारा अध्यक्ष यादवलाई पचास प्रतिशत थप सजाय हुनेगरि कारवाहीका माग 
बहुविवाहका आरोपी कारागार चलान
बहुविवाहका आरोपी कारागार चलान
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै
प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म  समृद्ध प्रदेश हुन सक्दैन्् ः मन्त्री साह