दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
गत जेठ १ गते जुम्ल्याहा सन्तान जन्माएकी राजविराज नगरपालिका १२ दमावत्ति टोलकी २५ वर्षिया पुनिता खंगलाई नवजात शिशु हुर्काउन पौष्टिक आहारको समस्या भइरहेको बेला विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेका छन् ।
बिहीबार क्रिएशन नेपाल काठमाडौंले उनलाई १० हजार रुँपैया नगद सहयोग उपलब्ध गराएको हो । संस्थाका प्रतिनिधि किरण ढकाल, समाजसेवि एवम् प्राध्यापक बन्दना मिश्रा, दिपक झा लगायतको टोली उनको घरमै पुगी सो सहयोग प्रदान गरेका हुन् ।
सुत्केरी गराउदा ऋण लिएर गरेको अस्पताल खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण जुम्ल्याहा सन्तानलाई पोषिलो आहार समेत दिन नसकेको खबर प्राप्त भएपछि सहयोग उपलब्ध गराइएको क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले बताए ।
सो अवसरमा समाजसेवि एवम् प्रध्यापक बन्दना मिश्राले दैनिक ज्यालादारी मजदुरीको काम गर्दै आएका उनका श्रीमान् पञ्चदेवलाई शुक्रवारदेखि नै मजदुरीको काम दिने आश्वासन दिएकी छिन् । उनले नवजात शिशुका लागि लत्ताकपडा र खंग दम्पतिको सुरक्षित वासका लागि फुसको छानामा राख्न आवश्यक देखिएको त्रिपाल समेत उपलब्ध गराइने प्रतिबद्धता जनाइन ।
पोष्टिक आहारको अभावमा आमालाई दुध नपुगेर बच्चा कुपोषण लाग्ने चिन्ताले खंग दम्पति सहयोगको याचना गर्दै आएका छन् । खंग दम्पतिको ७ दिनको अस्पताल बसाइले काम पनि छुटेकाले नवजात शिशुको लालनपालनमा समस्या भएको हो ।
उनको पहिलेदेखि नै दुई छोरीहरु छन् । आमाबुवा गरी ८ जनाको परिवार पाल्न समस्या भएपछि खंग दम्पतिले सहयोगको लागि आग्रह गरेका छन् ।
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
सारांश
- बिहीबार क्रिएशन नेपाल काठमाडौंले उनलाई १० हजार रुँपैया नगद सहयोग उपलब्ध गराएको हो ।
- संस्थाका प्रतिनिधि किरण ढकाल, समाजसेवि एवम् प्राध्यापक बन्दना मिश्रा, दिपक झा लगायतको टोली उनको घरमै पुगी सो सहयोग प्रदान गरेका हुन् ।
- सुत्केरी गराउदा ऋण लिएर गरेको अस्पताल खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण जुम्ल्याहा सन्तानलाई पोषिलो आहार समेत दिन नसकेको खबर प्राप्त भएपछि सहयोग उपलब्ध गराइएको क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया