मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

राजविराज राजविराज
|
सोमबार, श्रावण २३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सारांश

  •     सो सडक खण्डको रुपनी गाउँपालिका वडा नं.
  • २ पिप्राही चौकमा रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको बा.
  • ८५प.

दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
 
    राजविराज रुपनी सडक खण्डमा आइतबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । 
    सो सडक खण्डको रुपनी गाउँपालिका वडा नं. २ पिप्राही चौकमा रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको बा.८५प. ६१९६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको स.२प. ८१६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा स.२प. ८१६७ नम्बरको मोटरसाइकल चालक जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय बिकी चौधरीको मृत्यु भएको हो । 
    दुर्घटनामा गम्भिर घाईते भएका चौधरीलाई उपचारका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज ल्याएपछि इसिजि गर्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले दुर्घटनामा परेको दुबै मोटरसाइकल तथा बा.८५प. ६१९६ न. को मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ