दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा राजविराजमा संचालित बृहत निशुल्क स्वास्थ्य घुम्ति शिविरमा बुधबारसम्म २४ हजार ४ सय १४ जना बिरामीहरुले स्वास्थ्य उपचार गराएका छन् ।
यसैबीच बुधबार सो घुम्ती स्वास्थ्य शिविरको प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, बलाध्यक्ष रथी शरद गिरी, प्राविधिक सहायक रथी डा. सुनिल कुमार सिंह, प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपाने, सहायक रथी प्रेम शाही लगायत १६ जनासम्मिलित टोलीले निरीक्षण गरेका थिए ।
शिविरको निरीक्षणका क्रममा टोलीलाई स्वास्थ्य शिविरका प्रमुख प्राविधिक सहायक रथी डा. राजीवराज शाहीले स्वास्थ्य शिविर सम्बन्धि जानकारी गराएका थिए ।
राजविराजमा नगरपालिका वडा नं. ८ स्थित पब्लिक बिन्देश्वरी मा.वि.को खेल मैदानमा फागुन १ गतेदेखी संचालित स्वास्थ्य शिविर फागुन ११ गतेसम्म संचालन हुने राजविराजस्थित भिम दल गणले जनाएको छ ।
नेपाली सेनाका बरिष्ठ चिकित्सद्वारा संचालन भई रहेको बृहत निःशूल्क संयुक्त शल्य चिकित्सा घूम्ती स्वास्थ्य शिविरमा निःशूल्क औषधि बितरण, एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी सुविधा रहेका छन् ।
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
सारांश
- यसैबीच बुधबार सो घुम्ती स्वास्थ्य शिविरको प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, बलाध्यक्ष रथी शरद गिरी, प्राविधिक सहायक रथी डा.
- सुनिल कुमार सिंह, प्राविधिक सहायक रथी डा.
- अरुण कुमार न्यौपाने, सहायक रथी प्रेम शाही लगायत १६ जनासम्मिलित टोलीले निरीक्षण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया