दैनिक समाचारदाता
राजविराज, १० असोज ।
नगर क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य क्लिनीकलाई सुविधा सम्पन्न बनाउनका लागि सोमबार लाखौं मुल्य बराबरको औषधी तथा विद्युतीय उपकरणहरु प्रदान गरिएको छ ।
नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो ।
राजविराज ७ स्थित शहरी स्वास्थ्य क्लिनीक तथा राजविराज ९ र राजविराज ११ स्थित स्वास्थ्य चौकीलाई वितरण गरिएका समानहरुमा स्ट्रिट लाईट, एकवागार्ड पानी फिल्टर, फिटल डोपलर मेसिन, हिटर, ल्यापटप, स्टिल दराज, टेवुल कुर्सी, स्वास्थ्य किट लगायतका छन ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इशरत प्रविण, प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनु लगायतले उक्त सरसमान सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुलाई हस्तान्तरण गरे ।
उक्त सरसमान क्रमिक रुपमा नगरक्षेत्रका ११ वटै शहरी स्वास्थ्य क्लिनीक र स्वास्थ्य चौकीमा वितरण गरिने नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य प्रमुख निरन्जन यादवले जानकारी दिए ।
नगरक्षेत्रमा रहेका स्वास्थ्य चौकी र शहरी क्लिनीक मार्फत विभिन्न खाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको नगरपालिकाले सेवालाई अझ प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउन उक्त सरसमान प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान
सारांश
- नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो ।
- राजविराज ७ स्थित शहरी स्वास्थ्य क्लिनीक तथा राजविराज ९ र राजविराज ११ स्थित स्वास्थ्य चौकीलाई वितरण गरिएका समानहरुमा स्ट्रिट लाईट, एकवागार्ड पानी फिल्टर, फिटल डोपलर मेसिन, हिटर, ल्यापटप, स्टिल दराज, टेवुल कुर्सी, स्वास्थ्य किट लगायतका छन ।
- राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इशरत प्रविण, प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनु लगायतले उक्त सरसमान सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुलाई हस्तान्तरण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया