एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १४, २०७९
|
|
९९ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै

सारांश

  •     राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।
  • आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए ।
  •       उनले आमसभाका लागि जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने जनाउँदै पार्टीका युथहरुलाई स्वयसेवकको रुपमा परिचालन गर्ने जनाए ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार सप्तरी आउने भएका छन् । उनी पार्टीको राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् । 
    राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए । 
    उनले आमसभाका लागि जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने जनाउँदै पार्टीका युथहरुलाई स्वयसेवकको रुपमा परिचालन गर्ने जनाए । 
    जिल्लाको कञ्चनरूप नगरपालिकास्थित धर्मेश्वर अस्पताल नजिक रहेको मैदानमा हुन लागेको जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली, पार्टीका  नेता महेश बस्नेत, प्रभु साह, रघुविर महासेठ, लिलानाथ श्रेष्ठ, सिता सुवेदी र किरण पौडेल समेतको सहभागिता रहने  जानकारी दिइएको छ । 
    सोही पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले सोही जनसभामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको जानकारी दिएका छन् । 
    यस्तै पार्टीका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज राजकुमार लेखीले जनसभाको तयारी पुरा भईसकेको जानकारी दिए । उनले जनसभामा १५ वटा समूहमा आदिवासी, जनजाती लगायतकाले झाँकी प्रदर्शनका साथै कला संस्कुति प्रस्तुत गरिने र कलश यात्राका कार्यक्रम समेत रहेको जानकारी दिए ।
    आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव देवनाथ यादव, नेसार मियाँ, देविबहादुर खत्री, हिरन्य कुमार गुप्ता लगायतका उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
भन्सार छलेको मोबाइल डाटा केवल र मोटरसाईकलसहित दुई पक्राउ
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै
हनुमाननगरले विकास बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी