छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी

राजविराज राजविराज
|
बुधबार, आश्विन २६, २०७९
|
|
२० पटक हेरिएको
Shares
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी

सारांश

  •     मंगलबार छिन्नमस्ता मन्दिर समितिले नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि दशैं अवधीमा भएको आयव्यय सार्वजनिक गर्दै १५ लाख २५ हजार ७ सय ८५ रुँपैया आम्दानी भएको जानकारी दिएको हो ।
  •       छिन्नमस्ता भगवती मन्दिर विकास समितिका पिठाधीश समेत रहेका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरले आयव्यय सार्वजनिक गर्दै सबैभन्दा बढी शिघ्र दर्शन शुल्कबाट ७ लाख ५९ हजार ६ सय ८० रुँपैया आम्दानी भएको बताए ।
  •          यस अवधीमा विभिन्न भक्तजनले एक तोला एक आना सुन र ४३ तोला चाँदीका गरगहना समेत चढाएको पीठाधिश ठाकुरले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज । 

    नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा दशैंको दश दिनमा १५ लाख भन्दा बढी आम्दानी भएको छ । 
    मंगलबार छिन्नमस्ता मन्दिर समितिले नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि दशैं अवधीमा भएको आयव्यय सार्वजनिक गर्दै १५ लाख २५ हजार ७ सय ८५ रुँपैया आम्दानी भएको जानकारी दिएको हो । 
    छिन्नमस्ता भगवती मन्दिर विकास समितिका पिठाधीश समेत रहेका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरले आयव्यय सार्वजनिक गर्दै सबैभन्दा बढी शिघ्र दर्शन शुल्कबाट ७ लाख ५९ हजार ६ सय ८० रुँपैया आम्दानी भएको बताए ।     
    यस अवधीमा विभिन्न भक्तजनले एक तोला एक आना सुन र ४३ तोला चाँदीका गरगहना समेत चढाएको पीठाधिश ठाकुरले जानकारी दिए । उनले छिन्नमस्ता भगवतीका लागि काठमाडौं निवासी सुशिल दाहालले सवा दुई किलो चाँदीको नयाँ मुकुट उपलब्ध गराएपछि दशैंमा पुरानो मुकुट परिवर्तन गरिएको जानकारी दिए । 
    विगत ४० वर्षदेखी भगवतीलाई एउटै मुकुट लगाइएकोमा मुकुट पुरानो र ठाउँ टुटफुट भएकोले यस पल्ट उक्त मुकुट परिवर्तन गरि नयाँ मुकुट पहराइएको बताउँदै पुरानो मुुुकुट भने सुरक्षित राखिएको उनको भनाई छ । उनले भगवतीका लागि सुनको नयाँ मुकुट बनाउने योजना रहेको सुनाउँदै यस कार्यमा सबैको सहयोगको अपेक्षा राखिएको समेत बताए । 
    उनले दशैंको बेला १० दिनको अवधीमा ४ हजार ५ सय ४ पशुबली प्रदान भई बलि शुल्कबाट ४ लाख ६८ हजार ९ सय ३६ रुँपैया आम्दानी भएको जानकारी दिए । यस्तै गाडी पूजनबाट ५१ हजार १ सय २८, मुन्डनबाट १३ हजार ६ सय, पार्किङ शुल्कबाट ३७ हजार ९९, दाताहरुबाट नगद सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसलबाट ८१ हजार ९ सय ५०, विवाह शुल्कबाट ६ हजार ४ सय, दान पेटिकाबाट ७२ हजार ८ सय ९६ र पिकनिकका लागि आएका धार्मिक पर्यटकबाट १ हजार ९ सय २० रुँपैया आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी गराए । 
    यस्तै यस अवधीमा मन्दिरको रंगरोगन, सजावट, सरसफाई, मर्मत सम्भार, अतिथि सत्कार, स्यमसेवक खर्च, कर्मचारीको दशैं खर्च लगायतका शिर्षकमा ११ लाख ८८ हजार रुँपैया खर्च भई ३ लाख ३७ हजार ७ सय ८५ रुँपैया बचत भएको र सो रकम बैंकमा रहेको मन्दिर समितिको खातामा जम्मा गरिसकिएको मन्दिर समितिका सदस्य राजकुमार ठाकुरले जानकारी दिए । 
    दशैंको अवसरमा विभिन्न शक्तिपीठहरुमा श्रद्धालु भक्तजनले दान, दक्षिणा, सुन चाँदीका गरगहना र नगद चढाउने गरे पनि यसको हिसाब किताब दुरुस्त राख्ने र हरेक वर्ष सार्वजनिक गर्नेमा केही मात्र मन्दिर समिति पर्ने गरेका छन् । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर समितिले भने दशैं सकिएपछि प्रत्येक वर्ष दशैंका बेला श्रद्धालु भक्तजनबाट प्राप्त हुने आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
एसपिएलका लागि अक्सनबाट खेलाडी छनौट सम्पन्न
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको  व्यवस्था मिलाउने ः मिडिया काउन्सील 
सेवा निवृत अग्रज पत्रकारहरुलाई पेन्सनको  व्यवस्था मिलाउने ः मिडिया काउन्सील 
इतिहासविद् दासको निधन
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान