मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 

सारांश

  •     स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय पुगेर पीडितहरुले करिब एक घण्टा नाराबाजी समेत गरेका छन् ।
  •       मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधीमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका हुन् ।
  •     यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १२ पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
    सप्तरीको खडक नगरपालिका वडा नं. ७ कल्याणपुरका चर्चित मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै शुक्रबार पीडितहरुले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । 
    स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय पुगेर पीडितहरुले करिब एक घण्टा नाराबाजी समेत गरेका छन् । 
    मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधीमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका हुन् ।
    यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १२ पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् । 
    यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने तीन महिना अघि नै पक्राउ परी ठगी तथा अपराधीक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी राजविराज कारागारमा छन् । 
    सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर वसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बताएका छन् । 
    साह परिवार माथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तीले लिएको ऋण र ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
पार्किङ गरि राखिएको मोटरसाइकलमै बिजुलीको पोल ढल्यो
सप्तरीमा बढ्दै आत्महत्याका घटना
सप्तरीमा बढ्दै आत्महत्याका घटना
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती