अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 

राजविराज राजविराज
|
शनिबार, पौष ९, २०७९
|
|
२१४ पटक हेरिएको
Shares
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 

सारांश

  • बलिङतर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान २÷२ बिकेट तथा महेन्द्र मण्डल÷गोपाल मण्डलले १÷१ बिकेट लिएका थिए ।
  •   जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनको लक्ष्य पछयाउने क्रममा १९ दशमलब ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमात्र बनाउन सके ।
  • जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहे भने भिम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

राजविराज÷सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी पिसल्यान्डले जितेको छ । 
शनिवार सम्पन्न फाईनल खेलमा पिसल्यान्डले लिटिल एन्जेल स्कुललाई पराजित गर्दै उपाधी जितेको हो । 
टस जितेर पिसल्यान्ड निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेको थियो । जसमा बरूणदेव गामीले बिष्फोटक ब्याटिंग गर्दै अर्थशतकिय पारी खेल्दै ५६ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ६८ रन बनाए । यस्तै प्रदिप दासले २७ रनको योगदान दिए । 
बलिङतर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान २÷२ बिकेट तथा महेन्द्र मण्डल÷गोपाल मण्डलले १÷१ बिकेट लिएका थिए । 
जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनको लक्ष्य पछयाउने क्रममा १९ दशमलब ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमात्र बनाउन सके । जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहे भने भिम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 
बलिङतर्फ पिसल्यान्डका शम्भु मण्डल÷प्रदिप दास, आरएन दास २÷२ बिकेट तथा बरूणदेव गामीले १ बिकेट हात पारे । फाइनल खेलको म्यान अफ दि फाईनल गामी नै घोषित भए । 
खेलको प्लेयर अफ दि सिरिज विशाल यादब, बेस्ट ब्याटस्म्यान बरूणदेव गामी, बेस्ट बलर गोपाल मण्डल र ईमेजिंग खेलाडी श्रवण गुप्ता घोषित भए । 
बिजेता तथा उपबिजेता टिमलाई नेपाल क्रिकेट फाउन्डेशनका निर्देशक अभिषेक कार्की, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई ईन्द्र नारायण देव, प्रतियोगिता संयोजक अनवर अली, अम्पायर संघका अध्यक्ष निरज सिंह, प्रशिक्षक सारा बेग लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।
सप्तरी क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा जिल्ला स्तरिय अन्तरबिधालय एकदिवसिय क्रिकेट प्रतियोगिता पुस २ गते देखि ९ गते सम्म संचालन भएको थियो । उक्त प्रतियोगितामा जिल्लाभरका ८ वटा बिधालयहरूको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरुण दलले मनाए स्थापना दिवस
तरुण दलले मनाए स्थापना दिवस
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र