दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
मिटर व्याज पीडितहरुले पिडक माथी कारवाही तथा आफुहरुको सुरक्षाको माग गर्दै सोमवार सप्तरी सदरमुकाम राजविराजमा पुनः प्रर्दशन गरेका छन् ।
मिटरव्याजीको सम्पती छानवीन गर, मिटरव्याजीलाई कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साह र उनको परिवारमाथी कारवाही गर लगायतका नारावाजीका साथ पिडीतहरुले प्रर्दशन गरेका हुन ।
संघर्ष समिती नै बनाएर निरन्तर आन्दोलन गर्दै आएका पिडीतहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन । प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला अदालत सप्तरीलाई बोर्धाथ समेत दिइएको ज्ञापन पत्रमा कपाली तमसुक, जग्गा धितो तथा व्यक्तिगत चेक राखेर लिइएको चर्काे व्याजदरको ऋणबाट पिडीत भएकाहरुको सुरक्षाका लागी समेत माग गरीएको छ ।
संघर्ष समितीका अध्यक्ष मो.तैयब अलिद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत चर्काे ब्याज तिर्न नसकेर आत्महत्या गर्न समेत बाध्य भएका मिटरव्याज पिडीतहरु विभिन्न समयमा कोभिड १९ का कारणले थप पिडीत भएको भन्दै पिडीतहरुका लागी चासो लिन जनप्रतिनीधी, राजनितीक दल समेतलाई चासो लिन आग्रह गरिएको छ ।
संघर्ष समितीका सचिव छेदी पासवानले लामो समय देखी फरार रहेका मिटरव्याजी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर निवासी रामदेव साह र उनका परिवारका केही सदस्यलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएकाले दवाब दिन पनि प्रर्दशन गरिएको बताए ।
फरार मिटरव्याजी साहलाई अबिलम्ब पक्राउ गर्न र पिडीतलाई न्याय दिलाउन पनि प्रर्दशन गरिएको हो, उनले भने –आफुहरुलाई घरबार विहीन बनाउने मिटरव्याजी साहलाई पक्राउ नगरे सम्म हाम्रो आन्दोलन जारी रहने छ ।
सप्तरीका सयौं पीडितहरुले साहुकार रामदेव साह सहित उनको परिवारका सदस्य माथी ८ महिना अघि नै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई ३ महिना अघि पक्राउ गरे पनि रामदेव अझै फरार छन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले न्यायका लागी पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितीले जनाएको छ ।
मिटरब्याज पीडितहरु पुनः सडकमा
सारांश
- मिटरव्याजीको सम्पती छानवीन गर, मिटरव्याजीलाई कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरव्याजी रामदेव साह र उनको परिवारमाथी कारवाही गर लगायतका नारावाजीका साथ पिडीतहरुले प्रर्दशन गरेका हुन ।
- संघर्ष समिती नै बनाएर निरन्तर आन्दोलन गर्दै आएका पिडीतहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
- प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला अदालत सप्तरीलाई बोर्धाथ समेत दिइएको ज्ञापन पत्रमा कपाली तमसुक, जग्गा धितो तथा व्यक्तिगत चेक राखेर लिइएको चर्काे व्याजदरको ऋणबाट पिडीत भएकाहरुको सुरक्षाका लागी समेत माग गरीएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया