शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो

सारांश

  •     सर्वसाधारण ३ दिन देखी बढेको अत्यधिक चिसोले झनै पिडीत बनेका छन् ।
  • विषेश गरी शरिर ढाक्ने न्यानो कपडा र ओढ्ने(ओच्छ्याउने नहुँदा विपन्न वर्ग बढी मारमा परेका छन् ।
  •       चिसो कै कारण जिल्लाका निजी क्लिनिक तथा अस्पतालमा चिसोका रोगी बढेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस ।

    दुई साता देखी सप्तरीमा चलेको लगातारको शितलहर पछिल्ला ३ दिन यता अझै उग्र बन्दै गएको छ । बाक्लो हुस्सुसँंगै बढ्दै गएको चिसो सिरेटोका कारण जाडो उग्र बन्दै गएपछि जनजीवन निकै कष्टकर बन्दै गएको हो ।
    सर्वसाधारण ३ दिन देखी बढेको अत्यधिक चिसोले झनै पिडीत बनेका छन् । विषेश गरी शरिर ढाक्ने न्यानो कपडा र ओढ्ने(ओच्छ्याउने नहुँदा विपन्न वर्ग बढी मारमा परेका छन् । 
    चिसो कै कारण जिल्लाका निजी क्लिनिक तथा अस्पतालमा चिसोका रोगी बढेका छन् । चिसोका कारण हात खुट्टा सुन्निने, निमोनिया, दम, रुघाखोकी र श्वास प्रश्वास सम्बन्धि समस्या लिएर आउने विरामीको संख्या ह्वातै बढेको गजेन्द्र नारायण सिह अस्पतालको आकस्मिक कक्षले जनाएको छ । 
    विपन्न परिवार जाडो छल्न अधिकाँश समय आगो तापेर विताउने गरेका छन् । कडा घाम नलाग्दा मैलो भइसकेको ओढ्ने ओच्छ्याउने सुकाउन समेत  नसकिएको तिलाठीकोईलाडी गाउँपालिका ४ सोमन सदाले सुनाए । 
    यता चिसो ह्वातै बढेपछि जिल्लामा सिरक, डसना र  न्यानो लुगाको कारोबार भने बढेको छ । राजविराजमा  मात्रै अहिले ४ स्थानमा रुवा, पल्ला, कपडा, सबै स्थानीय बजारमा किनेर तत्कालै तयार गरी उपभोक्तालाई दिने काममा १ दर्जन भन्दा बढी सिलाई मजदुर खटिएका छन् । 
    राजविराजका साथै भारतबाट समेत आएका ४÷५ जनाको समुहले सिरक, डसना तयार गरेर विक्री गर्ने गरेको राजविराज ९ का सिलाई मजदुर फिरोज आलमले बताए । उनले अहिले सिरक, डसनाको माग अत्याधिक भएकाले आफुहरुलाई भ्यान नभ्याई भएको समेत बताए । 
    शितलहरबाट सर्वसाधारणलाई  जोगाउन स्थानीय प्रशासन, विभिन्न पालिका र संघसंस्थाले दाउरा देखी न्यानो लुगा वितरण गर्ने गरेपनि त्यो प्रयाप्त नभएको विपन्न वर्गका अधिकाँश ब्यक्तीको गुनासो छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ