डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान

राजविराज राजविराज
|
बिहिबार, माघ ५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान

सारांश

  •     जनमत पार्टीका केन्द्रिय अध्यक्ष समेत रहेका डा.
  • राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गरेका हुन् ।
  • उनीसँगै संसदमा रहेका अधिकांश सांसदहरुले मौनधारण गरे भने कतिपयले आफ्नै सीटमा बसिरहे ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 

    बलिदानी दिवसको अवसरमा बिहीबार संघीय संसदमा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले एक मिनेट मौनधारण गर्न आग्रह गरेपछि अधिकांश सांसदहरुले पनि मौनधारण गरेका छन् । 
    जनमत पार्टीका केन्द्रिय अध्यक्ष समेत रहेका डा. राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गरेका हुन् । उनीसँगै संसदमा रहेका अधिकांश सांसदहरुले मौनधारण गरे भने कतिपयले आफ्नै सीटमा बसिरहे । 
    मौनधारण पश्चात् उनले संसदमा आफ्नो धारणा राख्दै सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । तर, उनले नेपाली कांग्रेसतिर लक्षित गर्दै मधेशी र थारुलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको कुराको अर्थ नरहेको उल्लेख गरे । 
    मधेशीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति कस्तो हुन्छ ?, उनले भने, हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु वर्गीय संकिर्णताबाट माथि उठ्ने कि नउठ्ने ?देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको उनले बताए । 
    उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे ।उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे ।
    उनले अनुहार, जाति र समुदाय भन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे । उनले राष्ट्रिय सहमति पदको लागि मात्रै हो की, देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन, उनले भने, पदको लागि मात्रै किन कुरारु दलभन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दल भन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन ? त्यो ठूलो कुरा हो ।’

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?