एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
७१ पटक हेरिएको
Shares
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ

सारांश

  •     बुधबार प्रहरीले परिक्षा सम्बन्धी मुद्दा शिर्षकमा जिल्लाको रुपनी गाउँपालिकाका अनिल कुमार ईसरलाई पक्राउ गरेको छ ।
  • ईसरमाथी ३० हजार जरिवानाको अदालतले तोकेको थियो ।
  •       यस्तै प्रहरीले दुई दिनमा तीन महिला सहित विभिन्न अभियोगका १६ जनालाई प्रहरीले पक्राउ समेत गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 

    सप्तरी प्रहरीले एक महिनाको अवधीमा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछी पैmसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका ६७ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । 
    बुधबार प्रहरीले परिक्षा सम्बन्धी मुद्दा शिर्षकमा जिल्लाको रुपनी गाउँपालिकाका अनिल कुमार ईसरलाई पक्राउ गरेको छ । ईसरमाथी ३० हजार जरिवानाको अदालतले तोकेको थियो । 
    यस्तै प्रहरीले दुई दिनमा तीन महिला सहित विभिन्न अभियोगका १६ जनालाई प्रहरीले पक्राउ समेत गरेको जनाएको छ ।
    पक्राउ पर्नेहरुमा सर्वाधिक कुटपीट र गाली बेइज्जत मुद्दाका अभियुक्त छन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार लागु औषध मुद्दामा सप्तरी जिल्ला अदालतबाट कैद सजाय तोकिएका पनि २ जना पक्राउ परेका छन् । 
    उनका अनुसार लागु औषध मुद्दामा अदालतबाट १ वर्ष ४ महिना कैद सजाय तोकिएका सप्तरीको खडक नगरपालिका ३ का ज्योतिष कुमार चौधरी तथा ३ महिना ६ दिन कैद सजाय तोकिएका राजगढ गाउँपालिका १ का जितेन्द्र कुमार यादव गाउँघर मै लुकेको अवस्थामा पक्राउ परेका छन् । 
    यस्तै गाली बेइज्जत मुद्दाका फरार प्रतिवादी कंचनरुप नगरपालिकाका मो.कासिम मियाँ, डाक्नेश्वरी नगरपालिका जागेश्वर साह, राजगढ गाउँपालिकाका महेन्द्र मुखिया र कुश्मी देवी मुखिया पक्राउ परेका छन् । 
    कुटपिट मुद्दाका सडक नगरपालिकाका रामनाथ मण्डल, रामकुमार मण्डल, रामु मण्डल र इन्द्रजित मण्डल, शम्भुनाथ नगरपालिकाका महाविर साहु र डाक्नेश्वरी नगरपालिकाका अशोक साहु, लक्ष्मी प्रसाद साहु, जगतारणी देवी साह र रुकमणी देवी झा पनि पक्राउ परेका छन । 
    विभिन्न ठाउँमा लुकेर वसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट करिब ३५ हजार जरिवाना तथा १ वर्ष ७ महिना ६ दिन कैद असुल गरिने प्रहरीले जनाएको छ । 
    मंगलवार पक्राउ परेका उनीहरुलाई बुधवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार जरिवाना गरिएकाहरुबाट जरिवाना रमक असुली प्रकृया सुरु गरिएको तथा कैदा सजाय तोकिएकाहरुलाई कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडितहरु पुनः सडकमा
मिटरब्याज पीडितहरु पुनः सडकमा
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
९२ सुकुम्बासीलाई निस्सा प्रदान
९२ सुकुम्बासीलाई निस्सा प्रदान
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव