दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख, प्रसार र पीडितको न्यायकालागि काम गर्दै आएका मनोहर पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित भएका छन् ।
यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधिबाट उत्कृष्ठ प्रतिनिधिका रुपमा पुरस्कृत भएका पोखरेलले यस वर्ष पनिउत्कृष्ठ प्रतिनिधि घोषित भएको इन्सेकले जनाएको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको आइतबार काठमाडौंमा विमोचन भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको हो । आइतबार नै सबै प्रदेशको राजधानीमा समेत एउटै समयमा पुस्तक सार्वजनिकरण भएको छ ।
पोखरेल काम सुरुवात गरेकै वर्ष २०७० सालमा देशभरीकै सर्वोत्कृष्ठ प्रतिनिधिको पुरस्कारबाट पुरस्कृत भएका थिए । २०७४ सालदेखि सर्वोत्कृष्ठ पुरस्स्कारको प्रावधान हटाएर इन्सेकले प्रदेश स्तरको उत्कृष्ठ पुरस्कारलाई मात्र निरन्तरता दिदै आएको छ ।
पोखरेलले २०७६ असार, ०७७ असोज, ०७९ वैशाख र ०७९ पुस महिनाको उत्कृष्ठ प्रतिनिधिबाट समेत पुरस्कार प्राप्त गरिसकेका छन् ।
पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित
सारांश
- यसअघि २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट उत्कृष्ठ प्रतिनिधिबाट उत्कृष्ठ प्रतिनिधिका रुपमा पुरस्कृत भएका पोखरेलले यस वर्ष पनिउत्कृष्ठ प्रतिनिधि घोषित भएको इन्सेकले जनाएको छ ।
- नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको आइतबार काठमाडौंमा विमोचन भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको हो ।
- आइतबार नै सबै प्रदेशको राजधानीमा समेत एउटै समयमा पुस्तक सार्वजनिकरण भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया