राजविराज÷एकै थलोमा दुई योग साधक तथा अगुवाको तस्बिरमा माल्यार्पण गरी शनिबार राजविराजस्थित जेसीज भवनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
राजविराज ६ निवासी स्व. अमित साह तथा सिरहाको लहान निवासी स्व. पल्टीदेखी चौधरीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
पतञ्जली योग समिति सप्तरीद्वारा आयोजित उक्त श्रद्धाञ्जली सभामा समितिका पदाधिकारी, योगसाधकका साथै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
राजविराज ६ निवासी ४० वर्षिय अमित र लाहान निवासी ७८ वर्षिया पल्टीदेवीको ५ दिन अघि निधन भएको थियो । अमित पतञ्जली योग समिति मधेश प्रदेशका सचिव (मन्त्री) र पल्टीदेवी योग साधक थिए ।
समितिका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा योग प्रशिक्षक बद्रिराज भण्डारी, किसुनदेव यादव, नागेश्वर साह, शशि चौधरी, किशोर साह, जवाहर प्रसाद साह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको योगदान बारे चर्चा गरेका थिए ।
दुई योग अगुवाको सम्झाना
सारांश
- राजविराज ६ निवासी ४० वर्षिय अमित र लाहान निवासी ७८ वर्षिया पल्टीदेवीको ५ दिन अघि निधन भएको थियो ।
- अमित पतञ्जली योग समिति मधेश प्रदेशका सचिव (मन्त्री) र पल्टीदेवी योग साधक थिए ।
- समितिका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा योग प्रशिक्षक बद्रिराज भण्डारी, किसुनदेव यादव, नागेश्वर साह, शशि चौधरी, किशोर साह, जवाहर प्रसाद साह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी लगायतले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको योगदान बारे चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया