दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारीहरु आइतबारदेखी आन्दोलित भएका छन् । सार्वजनिक कार्यक्रमहरुमा नै जनप्रतिनीधीहरुले आफुहरुमाथी अभद्र टिकाटिप्पणी तथा प्रशासनिक काममा अनावश्यक हस्तक्षेप गर्न थालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
कर्मचारीहरुले आइतवारै एक प्रेस विज्ञप्तीमार्फत नगरपालिकाका जनप्रतिनीधीहरुले बारम्बार गलत मनसाय राखी सार्वजनिक कार्यक्रममा अभद्र टिकाटिप्पणी, मनोवल गिराउने कार्य, प्रशासनिक कार्यमा अनावश्यक हस्तक्षेप गर्ने तथा धाकधम्की दिने गरेको भन्दै त्यस्ता कार्य नरोकिएसम्म अत्यावश्यक वाहेकका सबै सेवा स्थगन रहने जनाएका छन् ।
आईतवारदेखी विद्यालयको नियमित पठनपाठन र स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै कामकाज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा कार्यालय प्रमुख नरहेको बेला जनप्रतिनिधीहरुको एक समुहले उनले प्रयोग गर्ने गाडीको साँचो समेत चालकबाट जबरजस्ती लगेको उल्लेख गर्दै त्यस्ता गतिविधी अविलम्ब रोक्न र कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अविलम्ब फिर्ता गर्नू पर्ने माग गरिएको छ ।
सम्पुर्ण कर्मचारीहरुको तर्फबाट अधिकृत रामदेव यादवले उक्त माग सम्बोधनका लागी नगरप्रमुख विरेन्द्र माझीलाई समेत विज्ञप्ती बुझाएका छन् । विज्ञप्ति बुझ्दै नगर प्रमुख माझीले जनप्रतिनीधी तथा कर्मचारी बीच सुमधुर सम्बन्ध कायम गर्न तथा व्यवस्थित ढंगले कार्यालयको कार्य सम्पादनका लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
सारांश
- कर्मचारीहरुले आइतवारै एक प्रेस विज्ञप्तीमार्फत नगरपालिकाका जनप्रतिनीधीहरुले बारम्बार गलत मनसाय राखी सार्वजनिक कार्यक्रममा अभद्र टिकाटिप्पणी, मनोवल गिराउने कार्य, प्रशासनिक कार्यमा अनावश्यक हस्तक्षेप गर्ने तथा धाकधम्की दिने गरेको भन्दै त्यस्ता कार्य नरोकिएसम्म अत्यावश्यक वाहेकका सबै सेवा स्थगन रहने जनाएका छन् ।
- आईतवारदेखी विद्यालयको नियमित पठनपाठन र स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै कामकाज स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
- विज्ञप्तीमा कार्यालय प्रमुख नरहेको बेला जनप्रतिनिधीहरुको एक समुहले उनले प्रयोग गर्ने गाडीको साँचो समेत चालकबाट जबरजस्ती लगेको उल्लेख गर्दै त्यस्ता गतिविधी अविलम्ब रोक्न र कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अविलम्ब फिर्ता गर्नू पर्ने माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया