पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, चैत्र ७, २०७९
|
|
४९ पटक हेरिएको
Shares
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न

सारांश

  •     इसिमोडको सहयोगमा सबल नेपालले आयोजना गरेको सो कार्यक्रममा युनिसेफको आर्थिक सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा जडान गरिएको पूर्व सूचना प्रणालीका बारेमा कार्यक्रमको आयोजना गरिएको हो ।
  •       सो कार्यक्रममा कुनौली ग्राम पञ्चायतका पूर्व मुखिया सत्यनारायण रजकले पूर्व सूचना प्रणालीले यस क्षेत्रमा धनमाल जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
  • “पूर्व सूचना प्रणाली नहुँदा बाढी कतिखेर आउने हो हामीलाई थाहा नै हुँदैनथियो” पूर्व मुखिया रजकले भन्नुभयो, “अब त करिब तीन घण्टा अगावै खबर आउँछ र हामी सबै सजग हुने गरेका छौं ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    सप्तरीको खाँडो खोलामा जडान गरिएको समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली र यसबाट भारतीय क्षेत्रमा परेको प्रभावका बिषयमा सोमबार विहारको कुनौलीमा क्रस बोर्डर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
    इसिमोडको सहयोगमा सबल नेपालले आयोजना गरेको सो कार्यक्रममा युनिसेफको आर्थिक सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा जडान गरिएको पूर्व सूचना प्रणालीका बारेमा कार्यक्रमको आयोजना गरिएको हो । 
    सो कार्यक्रममा कुनौली ग्राम पञ्चायतका पूर्व मुखिया सत्यनारायण रजकले पूर्व सूचना प्रणालीले यस क्षेत्रमा धनमाल जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “पूर्व सूचना प्रणाली नहुँदा बाढी कतिखेर आउने हो हामीलाई थाहा नै हुँदैनथियो” पूर्व मुखिया रजकले भन्नुभयो, “अब त करिब तीन घण्टा अगावै खबर आउँछ र हामी सबै सजग हुने गरेका छौं ।”
    तीन वटै पञ्चायतको ५७ वटै वडामा वडा स्तरीय समिति गठन गरि विपद् जोखिम न्युनीकरण सम्बन्धी जागरण कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको पूर्व मुखिया रजकले आवश्यकता औंल्याए ।
    समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीबाट भारतको विहार राज्य अन्तर्गतका तीन वटा ग्राम पञ्चायतका बासिन्दालाई पनि अझ फाइदा पु¥याउन गर्नुपर्ने कार्यहरुको बारेमा अन्तरक्रिया गर्न तथा बाढी पूर्व सूचना प्रणालीलाई अझ ब्यवस्थित गर्न सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताए ।
    कुनौलीको लोक भारती सेवा आश्रमको स्थानीय संयोजनमा आयोजना गरिएको सो कार्यक्रममा कुनौलीका मुखिया दिलिप कुमार रजकले पूर्व सूचना प्रणालीबाट धेरै मद्दत पुगेको र यसलाई तीनवटै पञ्चायतमा ब्यवस्थित रुपमा सूचना प्रवाह गर्न आफूहरुले अझ मिहिनेत गर्ने बताए ।
    सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली र यसले भारतीय क्षेत्रमा पारेको सकारात्मक प्रभावका बारेमा प्रस्तुतीकरण गरेका थिए । 
    लोक भारती सेवा आश्रमका सचिव पञ्चम नारायण सिंहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कुनौली, कमलपुर र डंगमारा पञ्चायतका मुखिया, सरपञ्च तथा विपद् ब्यवस्थापनको क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
    खाँडो नदीको बाढीले कुनौली, कमलपुर र डंगमारा ग्राम पञ्चायतको वडाहरुलाई प्रभावित गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन
पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
तिलाठी वालबिवाह मुक्त वडा घोषणा 
तिलाठी वालबिवाह मुक्त वडा घोषणा 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी
राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम