दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा सोमबार सप्तरीका संचारकर्मीहरुको निशुल्क आँखा उपचार गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा राजविराजस्थित आँखा उपचार केन्द्रको समन्वयमा संचारकर्मीहरुका लागि एक दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको हो ।
शिविरमा २३ जना संचारकर्मीले आँखा उपचार सेवा प्राप्त गरेका छन् । आयोजक अस्पतालले पत्रकार महासंघ शाखा सप्तरीसँग समनवय गरि आयोजना गरिएको शिविरमा जचाउन आएका संचारकर्मीलाई आँखा परिक्षण, औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइएको पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देवले जानकारी दिए ।
शिविरमा नेत्र विशेषज्ञ डा. रामकुमार झाले आँखा उपचार सेवा प्रदान गरेका छन् । चौधरी आँखा अस्पताल लहानकै पहलमा १९ वर्षअघि राजविराजमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा सो शिवरको आयोजना गरिएको छ ।
सो केन्द्रले स्थापनाकाल देखी हालसम्मको अवधीमा ३ लाख ५७ हजार २ सय ४७ जना आँखाका रोगिको उपचार गरिसकेकोको जानकारी दिँदै डा. झाले २५ प्रतिशत सीमावर्ती भारतीय क्षेत्रका आँखाका बिरामीहरु रहेको बताए ।
पत्रकारहरुको निशुल्क आँखा उपचार
सारांश
- सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा राजविराजस्थित आँखा उपचार केन्द्रको समन्वयमा संचारकर्मीहरुका लागि एक दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको हो ।
- शिविरमा २३ जना संचारकर्मीले आँखा उपचार सेवा प्राप्त गरेका छन् ।
- आयोजक अस्पतालले पत्रकार महासंघ शाखा सप्तरीसँग समनवय गरि आयोजना गरिएको शिविरमा जचाउन आएका संचारकर्मीलाई आँखा परिक्षण, औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइएको पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया