तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन

राजविराज राजविराज
|
बुधबार, चैत्र १५, २०७९
|
|
५३ पटक हेरिएको
Shares
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन

सारांश

  •     गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले एक कार्यक्रमबीच वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
  •     उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार आफ्नो प्राथमिकतामा रहेकोले आफू ती क्षेत्रहरुको विकासका लागि लागिपरेको बताए ।
  • उनले वर्थिङ सेन्टरबाट सबै गर्भवति महिलालाई फाइदा पुग्ने बताउँदै अध्यक्ष यादवले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइने बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइन स्वास्थ्य चौकीमा नवनिर्मित वर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले एक कार्यक्रमबीच वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
    उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार आफ्नो प्राथमिकतामा रहेकोले आफू ती क्षेत्रहरुको विकासका लागि लागिपरेको बताए । उनले वर्थिङ सेन्टरबाट सबै गर्भवति महिलालाई फाइदा पुग्ने बताउँदै अध्यक्ष यादवले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइने बताए ।
    कार्यक्रममा  जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कुनै पनि गर्भवति महिलालाई सेवा लिन टाढा जानु नपरोस् भन्ने उदेश्यले वर्थिङ सेन्टर सञ्चालन गरिएको बताउँदै यसबाट लाभ लिन आग्रह गरे ।
    स्वास्थ्य संस्था भवन निर्माणका लागि जग्गा दिएका शिवरतन रजक, डम्बर रजक, अम्बर रजक, सम्मर नारायण रजक, नारायण रजक, सूर्यनारायण रजक, हरिनारायण रजक र देव नारायण रजकलाई सो अवसरमा सम्मान गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, ब्यवस्थापन समितिका सदस्य देवराम शर्मा, स्वास्थ्य चौकी तिलाठीका प्रमुख दिपेन्द्र झासहितकाले शुभकामना ब्यक्त गरे ।
    स्वास्थ्य चौकीका प्रमुख मनोज देवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नवनिर्मित सो वर्थिङ सेन्टरमा सेभ द चिल्ड्रेनमार्फत सेभ द सप्तरीको समेत सहयोग रहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह