दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका र महादेवा गाउँपालिकामा आगलागि दुई जना घाइते भएका छन् भने आगलागिमा ६ घर गरि २४ लाख मुल्य बराबरको क्षति भएको छ ।
मंगलबार बिहान कंचनरुप नगरपालिका १ बैरवामा आगलागि हुँदा दुई जना घाइते भएका छन् भने तीन घर समेत जलेर ९ लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानिय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा सल्केको आगो फैलिएर उनका साथै छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
अचानक भएको आगलागि निभाउने क्रममा ५२ वर्षिय बिनय खंग र ३५ वर्षिय गजिन्द्र सदा घाइते भएका छन् । जलेर गम्भिर घाइते भएका बिनय खंगलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ भने गजिन्द्रको स्थानिय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फुस र टाटीको बेराले बनेको घर, लत्ताकपडा, भाडाकुडा र खाद्यान्न सबै जलेर बिनयको ५ लाख, रामेश्वरको २ लाख ५० तथा धुरेन्द्रको १ लाख ५० हजार गरि ९ लाख मुल्य बराबरको सम्पत्ति नष्ट भएको छ ।
यता सोमबार राती जिल्लाको रुपनी गाउँपालिकामा आगलागि हुँदा दुई घर जलेर नष्ट भई १० लाख बराबरको क्षति भएको छ ।
वडा नं. २ स्थित रामनारायण साहको घरमा बिद्युत सर्ट भई आगलागि हुँदा उनका भाई शिवनारायण साहको समेत घर जलेर नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी सिंहले जानकारी दिए ।
आगलागिमा तीन वटा पशु चौपायासमेत जलेर मरेको उनले बताए । दुबै ठाउँको आगलागि नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र तथा प्रहरी र स्थानियवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोमबारै महादेबा २ बस्ने जय कुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागि हुँदा टाटी र जस्ताले छाएको ३ तल्ले फुसको घर पुर्ण रुपमा जल्दा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ । सो आगलागिमा छिमेकी सुरेश इसरको घरको घरमा क्षति हुँदा ५० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोही दिन जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सव डिभिजन वनकार्यालयको प्राङगणमा राखिएको पुरानो काठहरुमा अचानक आगलागि भएको छ । सो आगलागिमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
सारांश
- मंगलबार बिहान कंचनरुप नगरपालिका १ बैरवामा आगलागि हुँदा दुई जना घाइते भएका छन् भने तीन घर समेत जलेर ९ लाख मुल्य बराबरको क्षति भएको छ ।
- स्थानिय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा सल्केको आगो फैलिएर उनका साथै छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
- अचानक भएको आगलागि निभाउने क्रममा ५२ वर्षिय बिनय खंग र ३५ वर्षिय गजिन्द्र सदा घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया