दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको कंचनरुप नगरपालिका ८ गोवास टोलमा बिहीबार सुधम्बर कुसियैतको घरको अगाडी थ्रेसरबाट गहु दाउने गर्ने क्रममा आगलागि भएको छ । आगलागिबाट गाई गोठ, गहुको परालमा र घरमा समेतगरि ५ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ ।
आगोलाई कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बारी सफा गर्ने क्रममा आगो लगाउँदा सो आगो सल्केर अर्कोको बारीमा समेत आगलागि भई ३ लाख भन्दा बढीको क्षति भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल बस्ने जिज्ञानन्द साहले आफ्नो बारीको घास सफा गर्न लगाएको आगो फैलिएर छिमेकी चन्द्रनारायण चौधरीको बगैचासमेत जलेर नष्ट भई ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ भएको सो आगलागिबाट चौधरीको बगैचामा लगाइएको आँपको २४, सफेतीको २ सय ५० र महगनीको ७० वटा बोट नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा भएको आगलागिमा लाखौंको क्षति
सारांश
- आगोलाई कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यस्तै बारी सफा गर्ने क्रममा आगो लगाउँदा सो आगो सल्केर अर्कोको बारीमा समेत आगलागि भई ३ लाख भन्दा बढीको क्षति भएको छ ।
- सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल बस्ने जिज्ञानन्द साहले आफ्नो बारीको घास सफा गर्न लगाएको आगो फैलिएर छिमेकी चन्द्रनारायण चौधरीको बगैचासमेत जलेर नष्ट भई ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया