दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको विभिन्न ग्रामिण भेगमा अहिले चोरीका घटनाहरु बढ्दै गएको छ । बुधबार मध्यराती तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा टोलमा चोरी भएको छ ।
स्थानिय सूर्य नारायण यादवको घरमा कोही नभएको बेला चोरी भएको हो । काम विशेषले स–परिवार घरबाहिर गएको तथा बिहीबार बिहान ४ बजेतिर फर्केर आउँदा मात्र चोरी भएको यादव परिवारले थाहा पाएका थिए ।
चोरले उनको घरको मूल गेटको ढोका र त्यसपछि बाकस फोडेर तीन तोलाको सुनको गरगहना, १४ तोला चाँदीको गरगहना तथा नगद १४ हजार रुँपैया चोरेर लगेका छन् ।
चोरले उक्त समपत्ति राखिएको बाकसबाट बहुमुल्य सरसमान झिकेर बाकसलाई घर नजिकै फालेर फरार भएको स्थानियवासीले बताएका छन् ।
यसअघि मंगलबार मध्यराती जिल्लाकै छिन्नमस्ता गाउँपालिकामा दुई वटा घरमा चोरी भएको छ । वडा नं. १ बरही विरपुरस्थित संजयकुमार यादव र जितेन्द्र कुमार यादवको घरमा राती २ बजेतिर एकै प्रकृतीको चोरी भएको हो ।
उनीहरुको घरबाट १ लाख ६० हजार नगद, सुनचाँदीका गरगहना तथा अन्य सरसामान गरि २ लाख ३१ हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ । बडो चलाखीपूर्ण तरिकाले गरिएको चोरी बारे घरधनीले बुधबार बिहान मात्र थाहा पाएका थिए ।
चोरले संजयको घरबाट दराज फुटाएर १ लाख ५० हजार नगद र अन्य सरसमान गरि १ लाख ५५ हजारको सम्पत्ति लगेका छन् ।
यस्तै जितेन्द्रको घरबाट दराज फोडेर ६६ हजार मुल्य बराबरको सुनचाँदीको गरगहना तथा १० मुल्य बराबरको अन्य सरसामान गरि कुल ७६ हजार बराबरीको सम्पत्ति लगेको प्रहरीले जनाएको छ ।
यता दुबै घटना बारे थाहा पाएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
सारांश
- स्थानिय सूर्य नारायण यादवको घरमा कोही नभएको बेला चोरी भएको हो ।
- काम विशेषले स–परिवार घरबाहिर गएको तथा बिहीबार बिहान ४ बजेतिर फर्केर आउँदा मात्र चोरी भएको यादव परिवारले थाहा पाएका थिए ।
- चोरले उनको घरको मूल गेटको ढोका र त्यसपछि बाकस फोडेर तीन तोलाको सुनको गरगहना, १४ तोला चाँदीको गरगहना तथा नगद १४ हजार रुँपैया चोरेर लगेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया