हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी

राजविराज राजविराज
|
मंगलबार, बैशाख १२, २०८०
|
|
२६ पटक हेरिएको
Shares
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी

सारांश

  •     मधवापुर खेल मैदानमा मंगलबार भएको उदघाटन खेलमा कंचनपुर र छिन्नमस्ता बिजयी भएका छन ।
  •       सम्पन्न पहिलो खेलमा हनुमानगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कंचनपुर क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेटमा सो जित हात पारेको हो ।
  •       कंचनपुरका अभिषेक गौतम ५२, मदन चौधरी तथा उमेश चौधरीले अविजित खेल्दै १५ रन बनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 

    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ । 
    मधवापुर खेल मैदानमा मंगलबार भएको उदघाटन खेलमा कंचनपुर र छिन्नमस्ता बिजयी भएका छन । 
    सम्पन्न पहिलो खेलमा हनुमानगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कंचनपुर क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेटमा सो जित हात पारेको हो । 
    कंचनपुरका अभिषेक गौतम ५२, मदन चौधरी तथा उमेश चौधरीले अविजित खेल्दै १५ रन बनाएका थिए । टस जितेर हनुमानगरले १६ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७ रनको योगफल खडा गरेको थियो । जसमा सनत खड्गा ३० रन, प्रज्जवल झा २७ रन जोडेका थिए । 
    बलिंग तर्फ कंचनपुरका असलम शेख र अभिषेक गौतम ३÷३ बिकेट र उमेश चौधरी तथा मुकेश सिँहले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि प्लेयर अभिषेक गौतम घोषित भए । 
    यसैगरी दोस्रो खेलमा रूपनीलाई ९ बिकेटले पराजित गर्दै छिन्नमस्ता गाउपालिका बिजयी भएको छ । रूपनीले दिएको ५८ रनको लक्ष्य लिएका छिन्नमस्ताले १ बिकेट गुमाएर हासिल ग¥यो । 
    जसमा दयानन्द अमात्यले २७ रन अविजित र फिर्दाेस अन्सारीले २० रन बनाएका थिए । उक्त खेलमा उत्कृष्ट बलिंग गर्दै रूपनीका ७ वटा खेलाडीलाई आउट गरेका छिन्नमस्ताका फिर्दाेस अन्सारी म्यान अफ द प्लेयर घोषित भए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए