मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
११७ पटक हेरिएको
Shares
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सारांश

  •     नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेश्रो देश पठाई पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेका राज्यधिकारी एवं राजनीतिकर्मी माथी छानवीन गरी दोषि पाइएकालाई कडा कारवाही गर्नु पर्ने माग गर्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो ।
  •       जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह तथा केन्द्रीय सदस्य जया महतो लगायतको अगुवाईमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा शरणार्थीको नाममा मानव तस्करीमा लागेका सूत्रधारहरुमाथी सुक्ष्म अनुसन्धान तथा कानुन बमोजिम कडा कारवाही हुनु पर्ने माँग गरिएको छ ।
  •       देशको अन्तराष्ट्रिय छवी नै धमिलो हुने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठित रुपमा राज्य शक्तीको दूरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तराष्ट्रिय जगतमा शिर निहुराउने अवस्थामा पु¥याएको ज्ञापन पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । 
    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेश्रो देश पठाई पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेका राज्यधिकारी एवं राजनीतिकर्मी माथी छानवीन गरी दोषि पाइएकालाई कडा कारवाही गर्नु पर्ने माग गर्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो । 
    जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह तथा केन्द्रीय सदस्य जया महतो लगायतको अगुवाईमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा शरणार्थीको नाममा मानव तस्करीमा लागेका सूत्रधारहरुमाथी सुक्ष्म अनुसन्धान तथा कानुन बमोजिम कडा कारवाही हुनु पर्ने माँग गरिएको छ । 
    देशको अन्तराष्ट्रिय छवी नै धमिलो हुने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठित रुपमा राज्य शक्तीको दूरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तराष्ट्रिय जगतमा शिर निहुराउने अवस्थामा पु¥याएको ज्ञापन पत्रमा उल्लेख छ । 
    यस्तो राष्ट्रघाती र देशद्रोही कार्यमा सरिक जुनसुकै तहका ब्यक्ती भएपनि कानूनी दायरामा ल्याई कडा कारवाही हुनु पर्ने ज्ञापन पत्र मार्फत माँग गरिएको छ । ज्ञापन पत्रमा यस अघि भएका ठूलठूला भ्रष्टाचार काण्डका फायलहरु खोली अनुसन्धान थाल्न तथा २०४६ पछिका सबै उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ती छानवीन गरि अबैध सम्पती जफत गर्नु पर्ने माँग समेत गरिएको छ । 
    अनुसन्धानको क्रममा निर्दाेष व्यक्ती पक्राउ पर्नू हुन्न, तर अनुसन्धानको क्रममा दोषी देखिएकाहरु उपर कुनै दवावमा नपरी सख्त सजाय हुने गरी सम्भव भए सम्मका मुद्दा दायर गरिनु पर्ने ज्ञापन पत्रमा मार्फत माँग गरिएको छ । 
    ज्ञापन पत्रमा उक्त अपराध जालोको प्रमुख योजनाकारहरु सम्मै पुगेर राज्य प्रशासनले संलग्न सबैलाई कारवाहीको दायरामा नल्याए सदनदेखि सडकसम्म आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
नयाँ रंगशाला बन्दै, जिल्लाको ऐतिहासिक  तथा पुरानो रंगशालाको हाल वेहाल
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह